• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रमेशको जन्म दिनमा पाँच युवाले गरे रक्तदान




आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही १७ बर्गद्दी निवासी युवा रमेश गौतमले रक्तदान गर्नुभएको छ ।

उहाँले रक्तदान नै जीवनदान हो भन्ने मान्यताका साथ जन्मदिनको अवसरमा रक्तदान गरेको वताउनुभयो । उहाँको यो नै पहिलो रक्तदान हो ।

उहाँ नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसन्चार केन्द्र घोराही शाखामा पुगेर रक्तदान गर्नुभएको हो ।

रमेशको जन्मदिनमा हेमन्त भन्डारी, उमेश पौडेल, शरद पौडेल र प्रज्वल डाँगीले पनि रक्तदान गर्नुभएको छ । जन्मदिनलाई रचनात्मक बनाउन आफूहरुले साथीको जन्मदिनमा रक्तदान गरेको हेमन्तले जानकारी दिनुभयो ।

Facebook Comments