• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन्त्री केसीद्वारा सीता महराप्रति श्रद्धाञ्जली अर्पण




लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले पूर्व सभामुख एव प्रतिनिधि सभा सदस्री कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

शुक्रबार घोराही पनौरास्थित महरापुत्र निर्मल महरा एटमको घरमा पुगी सीता महराको तस्वीरमा अबीर र पुष्प चढाइ श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
मन्त्री केसीले पत्नी वियोगमा रहनुभएका पूर्व सभामुखलाई भेटी समवेदना प्रकट गर्नु भयो ।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि स्व. सीता महरालाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै कार्तिक १९ गते बिहान ६:२५ बजे उहाँको निधन भएको अस्पतालले पुष्टि गरेको छ।

स्व. सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।

Facebook Comments