• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा नेकपाको अभियानः जिल्लाभरि बैठक र प्रशिक्षण




नेपाल कम्युनिस्ट पार्टी नेकपा रुकुमपूर्वको बैठक तथा प्रशिक्षण कार्यक्रम जिल्लाभर सञ्चालन हुनेक्रम जारी रहेको छ । हिजोदेखि भूमे र सिस्ने गाउँपालिकाका विभिन्न वडाका टोलबाट नेकपाले बैठक तथा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम दिन शुरु गरेकोमा भोलि पुथाउत्तरगंगा गाउँपालिकामा पनि शुरु गर्ने जनाएकोे छ ।

आज नेकपा भूमे गाउँ कमिटीले वडा नम्बर ६ को विभिन्न टोलमा टोल स्तरका पार्टी कार्यकर्तालाई प्रशिक्षण दिएको छ भने नेकपा सिस्ने गाउँ कमिटीले वडा नम्बर ३ को विभिन्न टोलमा बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष मेघबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । आगामी मंसीर १० गते सम्ममा जिल्लाका तिन वटै स्थानिय तहका सवै टोलमा टोल कमिटी गठन तथा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिइ सक्ने लक्ष्य अनुसार काम सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जिल्लाका विभिन्न वडाका टोलमा पार्टीका कार्यकर्तालाई प्रशिक्षणसँगसँगै विकास निर्माणका अवस्थाबारे पनि समीक्षा गरिरहेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार भूमे र सिस्नेमा दुई/दुई समूहको नेतृत्वमा बैठक तथा प्रशिक्षण भइरहेको छ भने पुथामा चार समूहको नेतृत्वमा बैठक तथा प्रशिक्षण हुने भएको छ ।

पुथामा नेकपा लुम्बिनी प्रदेशका सदस्य पुणिराज घर्ती, टोपबहादुर ओली, जिल्ला कमिटीका सचिव सतमान पुन लगायत नेताहरुको नेतृत्वमा बैठक तथा प्रशिक्षण कार्यक्रम भोलिबाट सञ्चालन हुँदै छ । यसैगरी भूमेमा नेकपा लुम्बिनी प्रदेशका सदस्य जयबिर घर्ती, लालबहादुर बिष्ट, होमप्रकाश श्रेष्ठ, जिल्ला श्रेष्ठ लगायत नेताहरु र सिस्नेमा नेकपा प्रदेश कमिटी सदस्य कृष्ण रेग्मी, सुबोधराज श्रीर्पाली, नन्दलाल शर्मा लगायत नेताहरुको उपस्थितिमा बैठक तथा प्रशिक्षण कार्यक्रम भइरहेको नेपाल कम्युष्टि पाटि नेकपाले जनाएको छ ।

Facebook Comments