• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘रअ’ प्रमुखसँगको प्रधानमन्त्रीको भेट राष्ट्रिय हितविपरीतः श्रेष्ठ




सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भारतको गुप्तचर सँस्था ‘रअ’ प्रमुख सामन्त गोयलसँग प्रधामन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको भनिएको भेटबारे पार्टीमा कुनै जानकारी नभएको बताउनुभएको छ ।

‘प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन’– सामाजिक सञ्जालमा श्रेष्ठले लेख्नुभएको छ ।

आफूले व्यक्त गरेको विचार पनि निजी भएको स्पष्ट गर्दै उहाँले थप लेख्नुभएको छ– ‘मेरो बिचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।’

नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुनसक्ने उल्लेख गर्दै उहाँले भन्नुभएको छ– ‘त्यो होइन भन्ने स्पष्ट भइसकेको छ। बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ, बिदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसहिता बिपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

Facebook Comments