• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नया बजार शहरी स्वास्थ्य केन्द्रमा खोप सेवा सुरु




घोराही–१४ स्थित नयाँ बजार शहरी स्वास्थ्य केन्द्रमा खोप सेवा सुरु भएको छ । दुई बर्ष मुनिका बालबालिकालाई खोप लगाउँने उदेश्यले खोप केन्द्र संचालनमा आएको हो ।

खोप केन्द्रबाट जन्मेदेखि दुई बर्ष मुनिका बालबालिकालाई आबश्यक पर्ने बि.सि.जि, डि.पि.टी.,ओ.भि.टि.,रोटा, दादुरा,रुवेला, लगाएतका लगाईने छ । खोप केन्द्रको घोराही उप–महानगरपालिका उप–प्रमुख सिता सिग्देल न्यौपानेले उद्घाटन गर्नु भएको थियो । त्यस अबसरमा घोराहीका प्रत्येक वडामा खोप केन्द्र संचालनमा आएको वताउँनुभयो । प्रत्येक वडामा रहेका स्वास्थ्य केन्द्रलाई अब खोप केन्द्रका रुपमा पनि विस्तार गर्ने बताउँनुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले प्रत्येक नागरिकको घर÷घरमै स्वास्थ्य सेवा विस्तार गर्ने उदेश्यले खोप केन्द्र स्थापना गरिएको बताउँनुभयो । नजिकै खोप केन्द्र संचालन नुहदा आमाहरु अनेत्र जानु पर्ने वाध्यता रहेको भन्दै यो संचालनमा आएसंगै सबैलाई सहज हुने उल्लेख गर्नुभयो । उद्घाटन कार्यक्रममा स्वास्थ्य केन्द्रका सल्लाहकार दिलकुमारी बुढा लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन खिमा भुषालले गर्नु भएको थियो । आज पहिलो दिन झण्डै १ सय ५० वालबालिकालाई खोप लगाईएको थियो । यसोत यस अघि नै स्वास्थ्य केन्द्रले निशुल्क सेवा दिदै आएको छ ।

घोराही १४ ले होम–आईसोलेसनमा बसेका बिरामीलाई घरमै औषधी पु¥र्याउने

घोराही उप–महानगरपालिका १४ ले होम आईसोलेसनमा कोरोना संक्रमित विरामीलाई घरमै औषधी पु¥र्याउने भएको छ । वडा स्तरिय विपत्त व्यवस्थापन समितिको आज घोराहीमा बसेको बैठकले यस्तो निर्माण गरेको हो ।

सरकारले कोरोना संक्रमित विरामीलाई होम आईसोलनेशनमा बस्न निर्देशन गरेपछि संक्रमित विरामीको उपचार गर्न घरमै औषधी पु¥र्याउँन थालेको हो । कोरोनाका बिरामी बाहिर निस्कदा संक्रमण फैलने भन्दै स्वास्थ्यकर्मीको सहयोगमा घरमै औषधी पु¥र्याउँने व्यवस्था मिलाएको अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

कोरोना माहामारी सम्बन्धी सूचना प्रवाह गर्ने र उपचारमा खट्ने स्वास्थ्यकर्मीका लागि वडा कार्यालयले स्वास्थ्य सामग्री सहित,टेलिफोन,खाजा खर्च र दैनिक २ सयमा दरले यातायात सूविधा दिने निर्णय गरेको छ । वडा १४ भित्र रहेका ३९ वटा टोल विकास संस्थामा कोरोना संक्रमित तथ्याङक समेत सङ्कलन गर्ने भएको छ। त्यसका लागि वडा सदस्य र स्वास्थ्यकर्मीको टोली सहितको छुट्टै समिति गठन गरेको छ ।

जनचेतना , बसन्त बिहार,आनन्द,शिबमन्दिर,जागृत,स्वर्गद्धारी,सन्दरनगर,पुलचोक,खोलीगाउँ टोल बिकास संस्थामा वडा सदस्य फुलमति नेपाली र स्वास्थ्यकर्मी प्रमिला चौधरी , झिगौरा,त्रिपुरा,झिगौरा आश्रम,राप्ती,रामजानकी,ट्राफिक खोलीगाउँ, अटोभिलेज,रामनगर,रब्बे टोलविकास संस्थामा नैनाकुमारी चौधरी र तुलसी पुन, कपासी बगीया,सिद्धार्थ गौतम,संगम,सभागृह,स्वर्गद्धारी आश्रम,श्रीगणेश,सरस्वति, सिर्जनसील,राधाकृष्ण मिलन चोक टोलविकास संस्थामा लक्षुमण बुण र देवा योगी, र गोर्खा,लालीगुराँस,तल्लो झिगौरा,नवप्रतिभा ढोडेनी,सिदार्थ नवजलजला, नयाँबस्ति आश्रम सगरमाथा र एकता टोल विकास संस्था वडा सदस्य गुलाम रशुल र स्वास्थ्यकर्मी खिमा भुषाललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

Facebook Comments