• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यसरी हुने छ कक्षा १२ को परीक्षा




कोरोना संकटका कारण रोकिएको कक्षा १२ को अन्तिम परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

गत बैशाखमा हुने परीक्षा लकडाउनका कारण रोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेदेखि हुने गरी परीक्षा तोकेको छ । विद्यार्थीले आफैले पढेको विद्यालयबाट कूल अंकको ४० प्रतिशतमा लिखित परीक्षा गर्नेछन् । कक्षा ११ मा प्राप्त गरेको अंकका आधारमा ४० प्रतिशत र विद्यालयको आन्तरिक मूल्यांकबाट २० प्रतिशत अंक प्राप्त गर्नेछन् ।

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कार्यबिधिअनुसार कक्षा ११ को बिषयगत प्राप्तांकलाई शत प्रतिशत मानेर त्यसको ४० प्रतिशत अंक दिइने छ । त्यस्तै विद्यालयद्वारा कक्षामा गराइएको क्रियाकलापको आधारमा २० प्रतिशत मूल्यांकन गरिने छ । जसमा गृहकार्य, कक्षा कार्य, अतिरिक्त क्रियाकलाप आदिलाई आधार मानिने छ । बाँकी ४० प्रतिशत मूल्यांकनका लागि लिखित परीक्षा हुनेछ ।

त्यसमा पनि सैद्धान्तिकतर्फको पूर्णांकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि लिखित परीक्षा गराइने छ । जस्तो कुनै बिषयको सैद्धान्तिकतर्फ एक सय पूर्णांक भए विद्यार्थीले ४० पूर्णांकको परीक्षा दिनुपर्ने छ भने सैद्धान्तिकतर्फ ८० अंकको लिखित परीक्षा दिनुपर्ने हकमा ३२ पूर्णांकको मात्रै लिखित परीक्षा दिनुपर्ने छ । त्यसो गर्दा विद्यार्थी बढीमा डेढ घण्टा परीक्षा हलमा बसेर परीक्षा दिनुपर्ने छ ।

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते परीक्षा सकिनेछ । हरेक विद्यालयले आफ्नो इमेल र सम्पर्क नम्बर परीक्षा बोर्डमा उपलब्ध गराउनुपर्नेछ भने बोर्डले विद्यालयलाई अनलाइन÷अफलाइन वा छापिएका प्रश्न उपलब्ध गराउने छ ।

विद्यार्थीलाई दुइ दुइ मिटरको दूरीमा एउटा हलमा बढीमा २० जना राख्न पाउने मापदण्ड बनाइएको छ भने कुनै विद्यार्थीमा संक्रमणको संकेत देखिए उसका लागि छुट्टै हलको ब्यवस्था गर्नुपर्ने सदस्य सचिव अर्यालले जानकारी दिनुभयो । परीक्षा अवधिभर स्थानीय तह र स्वास्थ्य संघसंस्थासँग समन्वय गरी विद्यालयमा हेल्थ डेस्क राख्नुपर्नेछ ।

उत्तरपुस्तिका सम्बन्धित विद्यालयकै बिषयगत शिक्षकबाट परीक्षण गराइ मार्क स्पि भरेर उत्तरपुस्तिका र प्राप्तांक विवरण सिम्बोल नम्बरको क्रमानुसार थैलोमा राखेर बोर्डमा बुझाउनुपर्ने छ । कुनै विद्यार्थीले गत बर्षको कक्षा ११ परीक्षामा भाग नलिएको, अनुत्तीर्ण भएको र यो बर्ष कक्षा ११ मा ग्रेड बृद्धिका लागि फार्म भरेको भए उसको हकमा कक्षा ११ को नतिजा प्राप्त भएपछि मात्रै कक्षा १२ को नतिजा सार्वजनिक गरिने ब्यवस्था पनि बोर्डले गरेको छ ।

परीक्षा सञ्चालन र प्रमाणीकरणका लागि प्रधानाध्यापकको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिने छ । जसमा बिषय शिक्षकमध्येबाट एक र कक्षा शिक्षक एक जना रहने छन् । प्रअलाई नै केन्द्राध्यक्ष तोकिएको छ भने परीक्षा निरीक्षकमा बिषय शिक्षकभन्दा बाहिरका शिक्षक वा कर्मचारी खटाउनुपर्नेछ । नतिजा सार्वजनिक भएपछि अन्य बिषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै दुइ बिषयमा सी वा सोभन्दा तल्लो ग्रेड प्राप्त गरे वा अनुपस्थित भए ग्रेड बृद्धिका लागि ४० प्रतिशत पूर्णांककै आधारमा परीक्षा दिनुपर्नेछ ।

Facebook Comments