• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चाडपर्वको समयमा गैह्रकानुनी गतिबिधि नगर्न रुकुमपूर्व प्रशासनको आग्रह




जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले अत्यावश्यक उपभोग्य वस्तु वा सेवामा कालोबजारी नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासनले आज एक सुचना जारी गर्दै जिल्ला स्थित सवै व्यापारी तथा व्यवसायिहरुलाई यस्तो आग्रह गरेको हो ।

चाडपर्वको अवसरमा सर्वसाधारण नागरिकको अत्यावश्यक उपभोग्य वस्तु वा सेवामा कालोबजारी, नाफाखोरी, कृतिम अभाव, गुणस्तरहीन सामान बिक्रि बितरण, सार्वजनिक यातायातका सेवामा ठगी लगाएतका गैह्रकानुनी गतिबिधि नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी राजकुमार राईले सुचना मार्फत अनुरोध गर्नुभएको छ । नजिकिदै गरेका चाड पर्वको समयमा यस्ता खालका गतिविधि बढन सक्ने भएकाले ति गतिविधि रोक्न यस्तो आग्रह गरिएको प्रजिअ राईले बताउनुभएको छ ।

यस्तो कार्य गरिएको पाइएमा तत्काल कारबाही गरिने हुदाँ नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा खबर गरी सहयोग गरिदिन पनि उहाँले नागरिकहरुलाई सुचना मार्फत अनुरोध गर्नुभएको छ ।

Facebook Comments