• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिजुलीको बिजोगः दुई वर्षमै कतै पोल ढले, कतै खाली पोल




जंगबहादुर रेउले/रोल्पा
स्थानीय सरकार गाउँ–गाउँमा आएसँगै जतनाहरुले धेरै आफ्ना सपना पुराहुने विश्वास लिएर खुशी भएका थिए । जनताहरु खुशी नहोन पनि किन ? जनप्रतिनिधिहरुले चुनावी नारामा थुप्रै विकासका एजेण्डाहरु लिएर जनताका घरदलौ कार्यक्रम गर्न समेत भ्याए र गाउँ–गाउँका गुज्रिएका विकास निर्माणका कार्यलाई पहिलो प्राथमिकता दिने प्रत्यक्ष रुपमा जनतासँग नौलो सपनासहित विश्वासका किरणहरु छर्किदिए ।

जनताहरुले विकासको लहर र भोलीका सपनासँगै चुनावमा जनप्रतिनिधिहरुलाई भोट दिए । चुनावमा जिताए र कुुर्सीसम्म पु¥याए । तर बिडम्बना जनप्रतिनिधिहरुले स्थानीयबासीहरुलाई किस्ता किस्ताको विकास कार्य सम्पिएर आँखामा छारो हाल्ने बाहेकका काम गरेको देखिदैन् । प्रायः ठुला योजना काम जनप्रतिनिधि स्वयम आफै गर्ने वा आफ्ना आफन्तलाई दिने र मिलिजुली गरी खाने मेलोमेसो गरेको पाइन्छ । यस्तो हुनमा मुलतः राज्यको फतलो नीति नियमनै मुख्य कारण हो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं. वडास्थितका गाउँघरमा बिजुली बत्ती बाल्ने आसा सपना जस्तै भएको छ । वडामा विजुली बत्ती जडान भएपनि अधिकांश गाउँ तथा टोलबस्ती भने पुरै बिद्युतविहिन जस्तै बनेको छ । वडा अन्तर्गत पर्ने ओखरपाटा, छाप, झालवङ, बोरिबाङ गोठिबन लगाएका गाउँबस्तीहरुमा पोल गाड्ने र तार टाँग्ने काम भएपनि बत्ती बाल्न पाइन्छ कि पाईदैन भन्नेमा आसंका बढेको हो ।

विद्युत जडान गर्नका लागि पटक–पटक वडा तथा गाउँपालिकामा गुनासो पोख्दा पनि कुनै प्रक्रियागत रुपमा अगाडि नबढेको स्थानीयबासीहरुले बताएका छन् । गाउँमा पोल गोडेको दुई वर्षमै कतै पोल ढलेको कतै तार नै नटाँगेको विषयमा बारम्बार जानकारी दिदा पनि वडा र गाउँपालिका भने कानमा तेल हालेझै गरेर बसेको स्थानीयहरुको भनाई छ ।

रुन्टीगढी गाउँपालिका ६ ओखरपाटाका युबा केशरबहादुर रावतले गाउँमा बत्ती बल्ले आशामा दुई वर्ष समय बितेको र बत्तीका रुपमा हालसम्म बैकल्पिक उर्जाको रुपमा सोलार प्रयोग गर्दै आएको बताएका छन् । बिजुली जडाने हुने भयो भनी गाउँ नै हर्षित भएको तर समय बित्यो , दिन बित्यो , महिना बित्यो र वर्षवित्दा समेत बत्ती अनाउँने सम्भावना बढेको उनले बताएका हुन् ।

‘गाउँमा पोलको खाडल खनेको पारिश्रमिक अझै पाएको छैनौं, उनले भने ठेक्दारले एउटा पोलको खाडल खने बराबर तीस रुपैँया दिने भनि घोषणा गरे । र, हामीले गाउँभरिका बिजुली पोल खन्यौं तर, अहिलेसम्म ठेक्दार फरार रहेका छन् । पैसा पाएका छौनौं ।’

गाउँमा विद्युतको पोलमा दुरीका हिसाबले अर्थात् नापमा एकरुपता नहुँदा पोल गोडेको छोटो समयमै कतै बिजुलीका पोल ढलेका छन् । कतै तार झोलिएका छन् भने कतिपय गाउँहरुमा पोलमात्र गाडेको छ भने कतै पोलहरुमा तार समेत टाँग्ने काम नभएको उनको भनाई छ ।

सोही ठाउँका जयबहादुर बुढाथोकीले तत्काल बिजुली आउँने भयो भनि घरमा वारिङ्ग गरेको करिब डेढवर्ष बितिसकेको र बिजुली बत्ती बाल्ने आसमा घरमा छिट्टै वारिङ्ग गरेका विद्युतीय उपकरणका सामाग्रीमा खिँया लागिसकेको बताएका छन् । विद्युतको पोल गाडे लगत्तै बिद्युत आउँछ भनि धेरैले घर–घरमा वारिङ्ग गरिसकेको भएतापनि अहिलेसम्म विद्युत नआउँदा भने गाउँका सबै मानिहरु सौर्य ऊर्जा प्रयोग गर्न बाध्य भइरहेको र त्यसमापनि विद्युत प्रशारणको मेनलाईन आफ्नै गाउँघरबाट वडा कार्यालयतिर गएको भएपनि आफुहरु अझैसम्म पर्खर बस्नुको बिकल्प नभएको समेत उनको भनाई थियो ।

सोही वडामा पर्ने छापका भूपबहादुर बोहराले आफ्नै गाउँको बीचबाट विद्युतको मेनलाईन वडामा जाँदा पनि हामीले विद्युत बाल्न नपाउनु दुःखको कुरा भएको र यो विषयमा धेरै गुनासाहरु पोखेता पनि सम्बन्धित निकाय बेखबर भएर बसेको बताएका छन् । चुनावमा जनताले भोट दिएर जिताएका जनप्रनिधिहरुले हाम्रो गाउँलाई नकारात्मक दृष्टिकोणले हेरेको हुनाले नै हामीले अझैसम्म विद्युत बाल्न पाएर्नौ र विद्युत समस्याको विषयमा जनप्रतिनिधिहरुले ठेकेदारकै लापरबाहीले हो भनि आफूहरुका माग तथा गुनासहरुदेखि पच्छिन खोजेको उनको भनाई छ ।

उता रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालराम बुढाले स्थानीय जनताहरुले तिहार अघिसम्म नै बत्ती बाल्न पाउने र त्यसका लागि विद्युत जडान तयारी भइरहेको बताएका छन् । आरके नामक ठेकेदारको केही ढिलासुस्तीका कारण विद्युत जडान कार्यमा केही वर्ष ढिला भएको बताएका छन् । तिहारसम्म विद्युत जडान गरीसक्ने उद्देश्यले गाउँपालिकामा १४ वटा ट्रन्समिटर झारिसकेको र केही ठाउँमा अझै केही काम बाँकी रहेकोले अब तीब्र गतिमा विद्युतको कार्य अगाडि बढाउन आरके नामक ठेकेदारलाई निर्देशण दिइसकेको उनको भनाई थियो ।

Facebook Comments