• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णाली विवादमा चार बुँदे सहमति भएको थापाको दाबी




कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यथावत राख्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको दाबी गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यस्तो दाबी गर्नुभएको हो ।

थापाका अनुसार यस्ता छन् सहमतिका बुँदा
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” बीच आज बिहानको भेटघाटमा भएकाे सहमति निम्नानुसार रहेकाे जानकारी गराउन चाहन्छु :
१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२) प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३) मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र
४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ अावश्यक निर्णय लिने ।
कर्णालीबारे ओलीसँग सहमति भएको छैनः प्रचण्ड

Facebook Comments