• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षा मन्त्रालयको अभिभावकलाई आग्रह– कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु नगर्ने विद्यालयमा विद्यार्थी भर्ना नगर्नू




शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले कक्षा ११ मानयाँ पाठ्यक्रमअनुसार कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गरी यस्तो निर्देशन दिएको हो ।

‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार शैक्षिक बर्ष २०७७ देखि नेपालका सबै बिद्यालयहरुमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गरिएको छ’– सूचनामा भनिएको छ– ‘यससम्बन्धी सूचना पाठ्क्रम विकास केन्द्रबाट यसपूर्व नै जारी भएको विदितै छ । तथापि केही विद्यालयहरुले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन गराउने भनी विद्यार्थी भर्ना गराइहरेको भन्ने जनगुनासो आएकाले कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरुले कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रमअनुसार मात्र पठनपाठन गर्न, गराउन तथा सोहीअनुसार विद्यार्थीको मूल्यांकन गर्ने ब्यवस्था हुनसमेत सम्बन्धित सबै विद्यालयहरुलाई जानकारी गराइन्छ ।’

साथै आगामी शैक्षिक बर्षदेखि कक्षा १२ मा नयाँ पाठ्यक्रमअनुसार नै पठनपाठन तथा माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन भएकाले सबै विद्यार्थी तथा अभिभावकलाई नयाँ पाठ्यक्रमअनुसार पठनपाठन भए नभएको यकिन जानकारी लिएर मात्रै विद्यालय भर्ना गर्न गराउन आग्रह गरिएको उपसचिव विदुरराज गिरीले जानकारी दिनुभयो । विद्यालयले कक्षा ११ को स्वीकृत पाठ्यक्रम कार्यान्वायन गरे नगरेको बिषयमा अनुगमन तथा आवश्यक निर्देशन दिन सबै स्थानीय तहहरुलाई पनि आग्रह गरिएको छ ।

Facebook Comments