• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहाराबिहीन दम्पत्तिले पाए चिटिक्कको घर




रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं ११ का साहारा विहिन वृद्ध पदमसिं रोकाको दम्पतीलाई नयाँ घर हस्तान्तरण गरिएको छ । देश विदेशमा रहेका नेपालीहरुको सहयोगबाट निर्माण गरिएको घर आइतबार एक भव्य कार्यक्रमका बीच घरका ताला चाबी हस्तान्तरण गरिएको हो ।

विगत धेरै वर्ष देखि गास बास र कपासको अभावमा जीवन मृत्यूको दोसाँधमा रहेका रोका दम्पतीको दुख समेटेर सोहो वडा निबासी सामाजिक अभियान्ता सिर्जना ओलीले भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गरेपछी करिब ११० जना भन्दा बढी सहयोगीहरुले सहयोग रकम पठाएका थिए ।

अभियान्ना सिर्जना ओलीको सहयोग अभियानबाट करिब ४ लाख ७१ हजार १ सय ३१ रुपैंया संकलन भएपछी उक्त रकमबाट वृद्ध दम्पतीलाई घर निर्माण गरिएको हो । रु. ६ लाख २१ हजार ९ सय ४५ रुपैंयामा उक्त नयाँ घर निर्माण गरिएको अभियान्ता सिर्जना ओलीले कार्यक्रममा बताउनु भयो । अभियान्ता ओलीका अनुसार अझै पनि १ लाख ५० हजार ८ सय १४ रुपैंया अपुग भएको छ ।

सहयोग अभियानबाट निर्माण गरिएको घर बृद्ध रोकाको दम्पतीलाई हस्तारन्तरण गर्दै हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले उक्त अभियान संचालन गर्ने सिर्जना ओली लगाएत आर्थिक तथा भौतिक रुपमा सयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । उहाँले यस्तो अभियान संचालन गर्ने सबैले सरकारले सम्मान गर्ने र हौसला प्रदान गर्ने प्रतिबद्धता गर्नुभएको छ । सिर्जना ओलीले गरेको कामलाई जती प्रशंसा गरेपनि कमै हुने बताउदै यस्ता कार्यमा सरकारले पनि आर्थिक तथा भौतिक रुपमा सहयोग समेत गर्ने बताउनु भयो ।

त्यस्तै हस्तान्तरण कार्यक्रमको अध्यक्ष तथा यस अभियान्ता सिर्जना ओलीले आफुले मात्र यो अभियान संचालन गरेर घर निर्माण जस्तो जटिल काम सम्भव नभएको बताउनु भयो । घर निर्माणमा आफ्नो मात्र नभएर देश तथा विदेश बाट सहयोग गर्ने नेपाली हरुबाट नै सम्भव भएकाले आभार तथा धन्यबाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरुले अभियान्ता सिर्जना ओलीले संचालन गरेको अभियानको खुलेर प्रशंसा गरेका छन् भने देश तथा विदेशमा भएका सहयोगी नेपालीहरुलाई धन्यबाद व्यक्त गरेका छन् ।

यसैबीच बृद्ध रोका दम्पतीको गास बास र कपास जुटाउन अभियान्ता सिर्जना ओली र उक्त कार्यलाई संचार माध्यमबाट प्रचार गरि सहयोग गरेकोमा संचारकर्मी नारायण ओलीलाई सानीभेरी गाउँपालिकाले सम्मान समेत गरेको छ । घर हस्तान्तरण कार्यक्रममा सानिभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले दुबै जनालाई खादा संगै सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

सहयोग अभियानकी प्रमुख अभियान्ता सिर्जना ओलीको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन रहनुभएको थियो भने कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धनबिर ओली¸ सानिभेरी गाउँपालिका सामाजिक विकास समिति संयोजक बिर्खबहादुर विष्ट¸ नेकपा तथा नेपाली काँग्रेस प्रतिनिधि¸ जिल्ला सहायक बन अधिकृत शेर बहादुर परियार लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन दोभान जनचेतना युवा क्लब सानीभेरी ११ का अध्यक्ष राजेन्द्र खड्काले गर्नुभएको थियो ।

Facebook Comments