• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा खुल्यो आइटी हब, काठमाडौंको भन्दा सस्तो दरमा सामान




घोराहीको न्यूरोडमा सूचना प्रविधिका सबै सामान र सेवा एउटै ठाउँमा पाइने गरी आइटी हब सञ्चालनमा आएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले आइटी हबको उद्घाटन गर्नुभएको हो । सबै कम्प्युटर आइटमको बिक्री तथा मर्मत, सिसि क्यामेरा जडानलगायतका सेवा प्रवाह गरिने आइटी हबका सञ्चालक संकल्प आचार्यले जानकारी दिनुभयो ।

सबै ब्राण्डेड कम्प्युटर र ल्याबटपलगायत सूचना प्रबिधिसँग सम्बन्धित उपकरण काठमाडौंको भन्दा सस्तो मूल्यमा उपलब्ध गराउने पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै विद्यालय बैंकहरुमा गएर नेटवर्किङका सेवा दिने पनि आचार्यले जानकारी दिनुभयो ।

‘नेकवर्किङ र सेक्युरिटी सर्भिस उपलब्ध गराउनसक्छौं’– कम्यूटर नेटवर्किङ र सेक्युरिटीमा स्नातक आचार्यले भन्नुभयो । औपचारिक अध्ययनबाट सिकेको सीप जागीरमा मात्रै लगाउनुभन्दा आफैले केही सिर्जनशील काम गरौं र दाङबासीलाई सेवा दिऔं भनेर ब्यापार शुरु गरिएको आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments