• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टीमार्टको शाखा विस्तार, एकैदिन आठ लाखको कारोबार




विगत २ वर्षदेखि घोराही १५ को भिंग्रेली चोकबाट सेवा प्रदान गर्दै आईरहेको टि मार्टले घोराही १४ लखनपार्कमा शाखा विस्तार गरेको छ । शाखा विस्तारकै दिन आठ लाखको कारोबार भएको छ ।
झण्डै एक करोड ५० लाखको लगानीमा शुरु गरिएको शाखाको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचर्याले उद्घाटन गर्नुभयो ।

शाखा सञ्चालक तिला पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले निजी क्षेत्रको विकासले राज्यलाई सहयोग पुग्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रमका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् गरिएको तिज विशेष फोटो प्रतियोताका बिजेताहरुलाई सम्मान गरिएको थियो । दुई तलाको भवनबाट सञ्चालनमा आएको टिमार्ट शाखामा खाद्यान्न, घरेलु प्रयोजनका सम्पूर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, शैक्षिक साम्रगी, मोवाईलका एशोसीरिजहरु लगाएतका सम्राग्री उपलब्ध छन् ।

टि मार्ट लखनपार्क शाखाका घरधनी नरेन्द्र पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार नविन अभिलाषीले गर्नुभएको थियो । दुबै शाखामा गरी १७÷१८ जनाले रोजगारी पाएका छन् ।

Facebook Comments