• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अरिंगाल झार्ने क्रममा रुखबाट खसेर मृत्यु




रुकुम पुर्वमा उत्तिसको रुखबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा निवासी २७ वर्षिय जनक बुढाथोकीको उत्तिसको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपि गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभएको छ ।

हिजो साझ घर नजिकैको उत्तिसको रुखमा रहेको अरिङगाल पोल्न भनि परिवार सहित गएका बुढाथोकी साझ करिव ७ बजेतिर रुखबाट खसेर गम्भिर घाइते हुनुभएको थियो । अरिङगाल पोल्न भनि रुखमा चढेका बुढाथोकी रुखको हाङगा भाचिएर खस्नुभएको प्रहरीले जनाएको छ ।

घटना घटे लगतै उपचारका लागि बुढाथोकीका परिवार र आफन्तले जिल्ला अस्पताल रुकुमकोटमा पुर्याएका र अस्पताल पुर्याउदा बुढाथोकीलाई डक्टरहरुले मृत घोषणा गरेका थिए । बुढाथोकीको टाउको, छाति र खुटामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनको सबलाई अहिले पोष्टमाटमका लागि जिल्ला अस्पताल रुकुम पुर्वमा राखिएको छ ।

बुढाथोकीका श्रीमति तथा दुई वर्ष र ६ वर्षका दुई छोरी रहेका छन ।

Facebook Comments