• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त




नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समितिको सदस्यमा नियुक्त गरेको छ । बोर्डको भाद्र २२ गते बसेको बैठकले चलचित्रकर्मी पीडितलाई सदस्यमा नियुक्त गरेको थियो ।

बोर्डले महेन्द्र प्रसाद साँखी सदस्य सचिव रहेको ७ सदस्यीय चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समिति गठन गरेको छ । जसमा सदस्यहरूमा प्रदीप कुमार उदय, मनोज श्रेष्ठ, केएल पीडित, सोनु थारु, बाबुराम पन्थी र दिनेश बानियाँ हुनुहुन्छ ।

समितिले लुम्बिनी प्रदेशमा संभाव्य चलचित्र छायांकन स्थलहरुको अध्ययन, अनुसन्धान र अवलोकन गरी उपयुुक्त स्थानको पहिचान सहित २०७७ पौषभित्र बोर्ड र लुम्बिनी प्रदेश सरकारको संबन्धित निकायलाई स्पस्ट खाका सहितको प्रतिवेदन बुझाउने कार्यक्षेत्र तोकिएको नवनियुक्त सदस्य पीडितले बताउनु भयो ।

Facebook Comments