• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्ने पूर्ण खोप सुनिश्चित गाउँपालिका




सिस्ने गाउँपालिका आज (बिहीबार) पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका सबै वडाका सबै बस्तीका बालबालिकाले नियमित खोप पाएपछि बिहीबार सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय रुकुमपूर्व र सिस्ने गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभाका सदस्य कमला रोकाले ब्यानरको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्नुभयो । गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र स्वास्थ्य कार्यालय रुकुमपूर्वले सक्रियता र सरकारको लक्ष्य र लगानीमा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएकोमा प्रतिनिधिसभाका सदस्य रोकाले सबैलाई धन्यवाद दिनुभयो । अहिले सबै बालबालिकाले नियमित खोप पाएकोले अबका दिनमा पनि बसै बस्तीका बालबालिकाका अभिभावकले पनि आफ्ना बालबालिकालाई खोप लगाउने स्वास्थ्य संथ्यामा नियमित खोप लगाउनु पर्ने चेतनाको विकास भएको रोकाले जानकारी दिनुभयो ।

यसैगरी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवले गाउँपालिकामा रहेका सम्पूर्ण बालबालिका शून्य देखि १५ महिना सम्मका बालबालिका पाँच सय २१ जना र १६ देखि २३ महिना सम्मका दुई सय ९२ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएकोले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताउनुभयो । गाउँपालिकामा पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाइ राखिएको यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद रोका, गाउँपालिकाका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी राजकुमार राई, गाउँपालिकाका उपाध्यक्ष गोवद्र्धन बुढा, गाउँपालिकाका प्रवक्ता जीवन केसी लगायत जिल्ला अस्पतालका डाक्टर र विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि र सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Facebook Comments