• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा अनुदानको नूनले सहज, एक महिनामा मात्रै ४ हजार पोका बिक्री




रुकुम पुर्वमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । वर्षाैदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको सिस्ने गाउँपालिका २ का स्थानिय सपना खड्काले बताउनुभएको छ ।

उहाँले भन्नुभयो पहिला आयोडिन नुन पाइदैन्थ्यो । अहिले सहजै आयोडिन युक्त नुन पाउन थालेपछि हामीले ढिके नुन खान छोड्दै छौँ । साल्ट ट्रेडिङ कर्पोरेशन रुकुमकोट वितरण केन्द्रले जिल्ला सदरमुकाम रुकुमकोटबाट नुन बिक्री गर्दै आएको छ । विगतमा आयोडिनयुक्त नुन लिनका लागि टाढा जानु पर्ने तथा पसलहरुमा किन्दा महंगो पर्ने भएकाले पनि स्थानीयहरु ढिके नुन नै बढी प्रयोग गर्ने गरेको थिए ।

गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि ढिके नुनको प्रयोग पछिल्लो समय निकै घट्दै गएको साल्ट ट्रेडिङ कर्पोरेशन वितरण केन्द्र रुकुमकोटका डिपो प्रमुख पुर्णराज गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार असोज महिनामा मात्रै चार हजार किलो आयोडिन नुन विग्री भएको छ । बजारमा पाइने आयोडिन नुन भन्दा झण्डै ६५ प्रतिशत सस्तोमा सरकारी नुन वितरण हुदैँ आएको छ । बजारमा प्रति पोकाको २५ रुपैया पर्ने नुनलाई रुकुमकोट वितरण केन्द्रबाट ९ रुपैयाका दरले विग्री गर्दै आएको उहाँले बताउनुभयो । रुकुम पुर्वमा रुकुमकोट र तकसेरा वितरण केन्द्रबाट सरकारी आयोडिन नुन विग्री हुदै आएको छ ।

यस नुनको उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने, कुपोषन हुने जस्ता शारीरिक समस्या कम हुने गौतमको भनाई छ । आयोडिनयुक्त नुनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक रुपमा जनचेतना फैलाउन सके यसको प्रयोग अझ बढ्ने उहाँले बताउनुभयो । ढिके नुन विस्थापित गरी आयोडिन युक्त नुन मात्रै चलन चल्तीमा ल्याउने गरी काम भइरहेको साल्ट ट्रेडिङ कर्पोरेशन वितरण केन्द्र रुकुमकोटले जनाएको छ ।

Facebook Comments