• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गंगादेवका असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक बितरण




गंगादेव रोल्पाका असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक बितरण सम्पन्न भएको छ ।

गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षता एवम् गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनको सन्चालनमा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष रिता घर्ती,शिक्षा शाखा प्रमुख शेर बहादुर डागी , शिक्षक महासंघका अध्यक्ष धर्म बहादुर डागी ,विद्यालयका प्रधानध्याक , असहाय विद्यार्थीको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा प्रत्येक विद्यार्थीलाई शैक्षिक सामाग्री अन्तरगत १/१ सेट पोषाक, १/१ वटा न्यानो सुरुवाल,१/१ दर्जन कापी,पेन , ज्यामिती बकस र १/१ वटा झोला बितरण गरिएको छ । कार्यक्रममा उपस्थिति नभएका बालबालिकाको शैक्षिक सामाग्री सम्बन्धित विद्यालयका प्रधानध्यापकलाइ जिम्मा दिएको छ ।

उक्त कार्यक्रम गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले गाउपालिकाले असहाय विद्यार्थीलाई अध्ययनमा उत्साहित बनाउना सानो सहयोगको व्यवस्था गरिएको बताउनु भएको छ । उहाले गाउपालिकाले शिक्षा क्षेत्रमा ठूलो मात्रा लगानी लगाएकोले गुणस्तर बनाउनु पर्ने बताउनु भएको छ । विद्यार्थीहरु शैक्षिक सामाग्री ,झोला र पोशाक पाए पछि खुसी हुदै घर फर्किएका छ्न ।

Facebook Comments