• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वका नेता र जनप्रतिनिधि जनभेटघाटमा व्यस्त




रुकुम पुर्वबाट प्रतिनधिसभा सदस्यमा निर्वाचित सांसद कमला रोकाले जिल्लाको समग्र विकास निमार्णका कामहरुलाई व्यवस्थित र पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभएको छ । जिल्लाको सिस्ने गाउँपालिका ३ पागा स्थित सौजन्य आधारभुत विद्यालयमा सांसद विकास कोषको रकमबाट निर्माण भएको खेलमैदानको हिजो उद्धघाटन गर्दै यस्तो बताउनुभएको हो ।

जिल्लाका विभिन्न स्थानमा हुने सम्पुर्ण विकास निर्माणका योजनाहरु मापदण्ड अनुसार सम्पन्न गर्नको लागि स्थानिय नागरिकहरुको अहम भुमिका हुने उहाँले बताउनुभयो । पागा लगायत आसपासका क्षेत्रमा संघ प्रदेश र स्थानिय तहको बजेटबाट सम्पन्न हुने योजनाहरुको सकरात्मक कोणबाट निगरानी गर्न उहाँले स्थानियलाई आग्रह गर्नुभएको छ । सांसद रोकाले भन्नुभयो हरेक गाउँ तथा टोलमा सञ्चालन हुने विकास निर्माणका राम्रा कामलाई सहयोग र अनियमिता तथा मापदण्ड विपरितका कामलाई खबरदारी गर्नु प्रत्येक नागरिकको कतव्र्य हो । सांसद रोकाले पागामा निर्माण भएको खेलमैदानले पागा लगायत आसपासका युवाहरु र विद्यार्थीलाई खेल क्षेत्रको विकासको लागि महत्वपुर्ण सहयोग गर्नेपनि बताउनुभएको छ ।

केहि दिनअघि गृह जिल्ला आउनुभएका प्रतिनिधि सभा सदस्य एवम पुर्व मन्त्रि कमला रोका, प्रदेशसभा सदस्य तेजबहादुर ओली, आशा स्वार्णाकार अहिले मतदाता भेटघाट कार्यक्रममा व्यवस्त रहनुभएको छ । सांसद रोकाले जिल्लाका तिन वटै स्थानिय तहका मतदाताहरुससंगभेटघाट जारी राख्नु भएको छ भने प्रदेशसभा सदस्य ओली र भौतिक पुर्वाधार विकास समिति स्वार्णाकारले जिल्लाको पोखराबाट मतदाता भेटघाट सुरु गर्नुभएको छ ।

जसअन्तर्गत हिजो रोका, ओली र स्वार्णाकारले सिस्ने गाउँपालिकाको पागा र पोखराका मतदातासंग भेटघाट गर्नुभएको छ । कोरोना महामारीको विच पनि जनताका गुनासा सुन्न र गुनासाको सम्बोधन गर्ने गरी आफुहरु जिल्लाभरका मतदातासंग भेटघाट तथा अन्तरकृया कार्यक्रम गृह जिल्लामा आएको उहाँहरुले बताउनुभएको छ । कोरोनाको कहरका बापजुत पनि सामाजिक दुरी कायम गर्दै जनताका गुनासा सुन्ने र विकास निर्माणका कामहरुको अनुगमन गर्ने काम भइरहेको प्रदेश सभा सदस्य तेजबहादुर ओलीले बताउनुभएको छ ।

भेटघाटको क्रममा पोखराका र पागाका स्थानियले सानीभेरी नदिले वर्षातको समयमा कटान गरेको पर्यटकिय स्थल तातोपानी र अन्य खेति योग्य जमिन कटान गर्नबाट रोक्न तार जालीको व्यवस्था गरी दिन माग गरेका अनेरास्ववियु रुकुम पुर्वका जिल्ला संयोजक रेवन खड्काले जानकारी दिनुभएको छ । खड्काका अनुसार उनहिरुले पोखरामा जारी खेलमैदान निर्माणका लागि आर्थिक सहयोग जुटाइ दिन र पोखरामा रहेको स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्थामा पनि आवश्यक भौतिक पुर्वाधारको व्यवस्थापन गरिदिन संघ र प्रदेश सांसदहरुसमक्ष आग्रह गरेका छन । मागपत्र बुझदै सांसदहरुले माग पुरा गर्ने आश्वासन दिनुभएको छ ।

भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सदस्य सासंद रोकासहित प्रदेश सभासदस्य ओली, आशा स्वर्णाकार, जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओली, लगायत स्थानिय कार्यकता उपस्थिती रहेको थियो ।

Facebook Comments