• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा कर्णालीको संसदीय दलमा काउन्टर अट्याक्टः शाहलाई प्रमुख सचेतबाट बरखास्त




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई पदमुक्त गरिएको छ ।

संसदीय दलका नेतालाई जानकारी नगराइ मंगलवार दलको बैठक बोलाएपछि दल नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाउनुभएको हो ।

नयाँ प्रमुख सचेतकमा सिता नेपालीलाई तोकिएको छ । अब दल नेता शाहीको परामर्शमा आवश्यक परे नेपालीले दलको बैठक बोलाउनसक्नुहुनेछ ।

दलका नेताले प्रमुख सचेतक तोक्ने र हटाउने प्रावधानको प्रयोग गरी शाहलाई बरखास्त गरिएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।

Facebook Comments