• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाजसेवी केसीको सहयोगमा अस्मित विद्यालय भर्ना




प्रायः सधैं धुर्मैलो र खिन्न देखिने घोराही १६ का अस्मित घर्तीमगर आज भने निकै चम्किलो र फ़ुर्तिलो देखिए । नयाँ पोशाक, नयाँ जुत्ता र नयाँ झोला बोकेर स्कुल पुग्दा उनी निकै फुरुङ्ग थिए । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवाआमाले उनलाई विद्यालय भर्ना गर्न सकेका थिएनन् । साथीहरुसंग स्कुल जान नपाउँदा अस्मित निकै उदास थिए ।

अब भने अस्मितको पढ्ने इच्छा पूरा भएको छ । समाजसेवी पदम केसीले उनलाई घोराही ६ फचकपुरस्थित आर्वर राइजिङ स्कूलमा भर्ना गरिदिएका छन् । उनले अस्मितलाई ड्रेस, झोला, जुत्ता सहित विद्यालयमा भर्ना शुल्क समेत तिरिदिएका हुन् । विद्यालयले भने मासिक शु:ल्क छूट गरिदिएको छ ।

अस्मितका बुवाआमा दुबै अपाङ्ग छन् । दुबैजना बोल्न सक्दैनन् । उनीहरुको आफ्नो घर समेत छैन । आफन्तको घरमा बसेका छन् । मजदूरी गर्नु बाहेक अरु कुनै उपाय छैन ।

“मलाई उनीहरुको अवस्थाले निकै चिन्तित बनायो । कमसेकम अस्मितको भविष्य बर्बाद नहोस् भनेर मैले उसलाई विद्यालय भर्ना गरिदिएको हुँ ।” समाजसेवी केसीले बताए । यस अघि पनि समाजसेवी केसीले उनको परिवारलाई एक थान सिलिन्डर र ग्यास चूल्हो प्रदान गरेका थिए । अस्मितको पढाइको चिन्ता गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासनले आधा दर्जन कापी र पेन्सिल प्रदान गरेका छन् । विपतमा रहेका अस्मितको परिवारलाई उद्धार गर्न नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितले पहल गरिरहेका छन् ।

Facebook Comments