• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गंगादेव गाउपालिका रोल्पाका अधिकाश सडक सुचारु




गंगादेव गाउपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्रीले गाउपालिका ,७ वटै वडा जोड्ने सडक ,साहायक सडक गाउपालिकाले मर्मत गरेर सुचारु गरेको जानकारी दिनु भएको छ ।

उहाले गाउपालिकाले रक कटिङ र मोड कटिङलाई पहिलो प्राथमिकता दिएर सडक फराकिलो बनाइने बताउनु भएको छ । वडा नम्बर ३ को चाख्लेपातल नाउली गोठिखोला, ओत जोड्ने सडकमा यो आर्थिक बर्ष ०७७/७८ मा५० लाख बजेट बिनियोजन गरिएको र रक कटिङ ,मोड कटिङ र ग्याबिङ वाललाई प्राथमिकतामा राखेर प्राबिधिक स्टामेट गरेर सडक बिस्तार गरिने बताउनु भएको छ ।

सडकमा जथाभावी पानी बगाउने , सडकमै घर निर्माण गर्ने , नयाँ ट्र्याक खोल्दा बिवाद सिर्जना गरेर बिकास बिरोधि गतिविधि प्रती सबै नागरिक सचेत हुनु पर्ने बताउनु भएको छ ।

Facebook Comments