• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेल मैदान निर्माणका लागि सहयोग जुट्ने क्रम जारी




रुकुम पुर्वको सिस्ने गाउँपालिका ३ स्थित पोखरा खेल मैदान विस्तारको लागि रकम संकलन हुने क्रम जारी रहेको छ ।

३ नम्बर वडाको पोखरा गाउँमा रहेको वर्तमान खेल मैदानलाई विस्तार गर्न रकम संकलन हुने क्रम जारी रहेको हो । उक्त खेल मैदानलाई विस्तार तथा पुर्णता दिन विभिन्न व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ ।

यसैगक्रमम आज पोखरा निवासी स्थानिय समाजसेवी तथा खेल मैदान निर्माण समितिका सह सचीव रामचद्र खड्काले १० हजार एक ५५ सहयोग गर्नु भएको छ । पोखरामा रहेका युवाहरुलाई विभिन्न खेलतर्फ आर्कषित गर्ने र अपुर्ण रहेको खेल मैदानलाई पुर्णता दिनको लागि आफुले सानो सहयोग गरेको खड्काले बताउनुभयो ।

एक दुई जनाले व्यक्तिको सहयोगले मात्र वृहत खेलमैदान निर्माण गर्ने पोखराबासीको सपना साकार नहुने हुदाँ सकेको सहयोग गर्न उहाँले सवैमा आग्रह गर्नुभएको छ ।

शुक्रबार हिजो मात्रै अनेरास्ववियु रुकुमपूर्वका जिल्ला संयोजक एवम खेल मैदान तथा जग्गा खरिद समितिका सचिव रेवन खडकाले खेल मैदान निर्माणको लागि एघार हजार एक सय ११ रुपैया आर्थिक सहयोग गर्नुभएको थियो ।

Facebook Comments