• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनमा खेल मैदानलाई सहयोग




अनेरास्ववियु रुकुमपूर्वका जिल्ला संयोजक रेवन खडकाले खेल मैदान निर्माणको लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसर पारी आज एघार हजार एक सय एघार रुपैयाँ खेल मैदान निर्माणको लागि सहयोग गर्नुभएको हो ।

विद्यार्थी नेता खड्काले जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्चलाई जोगाएर निर्मानाधिन पोखरा खेलमैदानको लागि आर्थिक रकम सहयोग गरेको बताउनुभएको छ । पोखरा खेल मैदान तथा जग्गा खरिद समितिका सचिव समेत रहनुभएका विद्यार्थी नेता खड्काले खेल मैदान निर्माणको लागि विभिन्न ठाउँबाट सहयोग रकम पनि जुटाइरहनुभएको छ ।

उहाँले खेल मैदान निर्माणको लागि आ आफ्नो ठाउण्ँबाट सहयोग गर्न सबैमा अपिलसमेत गर्नुभएको छ ।

Facebook Comments