• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संसदीय बिधि आत्मसात गर्न कांग्रेसलाई नेकपाको आग्रह, तोडफोडको छानवीन गर्न माग




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दल प्रदेश नम्बर ५ ले सभामुख पूर्णबहादुर घर्तीलाइ लक्षित गरी कांग्रेसका केही प्रदेशसभा सदस्यहरुले आत्रमmण गरेको भन्दै खेद जनाएको छ ।

प्रमुख सचेतक भूमिश्वर ढकालले विज्ञप्ति जारी गरी विरोध जनाउनुभएको हो । प्रदेशसभा बिधि स्थापित गर्ने थलो भएको र यो बिधिअनुसार चल्ने उल्लेख गर्दै सोहीअनुसार नै प्रदेशको नाम र राजधानी प्रस्ताव गरिएको विज्ञप्तिमा उललखे छ ।

स्थपित बिधि र प्रक्रियाबाट यसको टुंगो लगाउनुपर्ने आजको आवश्यकता भएको भन्दै तोडफोडमा उत्रनु गलत भएको उल्लेख छ ।

‘आज प्रदेशसभामा गरिउका निन्दनीय क्रियाकलापले प्रदेशसभाको गरिमा र महत्वलाई कमजोर पार्छ । तसर्थ यस्ता क्रियाकलाप नदोहो¥याउन तथा संसदीय बिधि र प्रक्रियालाई आत्मसात गर्दै अघि बढ्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सबै दलहरुप्रति हार्दिक अपिल गर्दछु । साथै प्रदेशसभामा भएको यो अमर्यादित घटनाको छानवीन गर्न पनि माग गर्दछु’– विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments