• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोटमा खुले विद्यालय, नेकपाद्वारा स्वास्थ्य सामग्री वितरण




कोरोना संकटका कारण गत चैतदेखि बन्द रहेका रुकुमपश्चिम मुसीकोट नगरपालिकाकाभित्रका विद्यालयहरु सञ्चालनमा आएका छन् ।

पहाडी क्षेत्रमा अनलाइन तथा सामुदायिक कक्षा प्रभावकारी नहुने देखिएपछि दूरी कायम गरेर विद्यालय सञ्चालनमा ल्याउने निर्णय मुसीकोट नगरपालिकाले गरेको थियो । सोहीअनुसार आइतवारदेखि मुसीकोटका विद्यालय सञ्चालनमा आएका हुन् ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)ले विभिन्न विद्यालयमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेकपा मुसीकोटको १० नम्बर वडा कमिटीले वडाभित्रका तीन विद्यालयमा स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

मालिका मावि चुनमा तीन सय १७ वटा केएन पन्चानब्बे माक्स, पाँच लिटर स्यानिटाइजर र ५० वटा सावुन हस्तान्तरण गरेको पार्टीका वडा समिति अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै जनता आधारभूत विद्यालय गलम्पाटी र शान्ति नमूना विद्यालय डेल्डाँडामा पनि शिक्षक विद्यार्थी संख्याको अनुपातमा स्वास्थ्य सामग्री सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा प्रदेश समिति सदस्य गोप्यश्वर केसी, नगर समिति अध्यक्ष जयबहादुर पाण्डे, वडा समिति अध्यक्ष खड्कालगायतले विद्यालयमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments