• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमे २ मा एघार दिनदेखि अवरुद्ध विद्युत सेवा शुरु




रुकुम पुर्वको भुमे गाउँपालिकाका २ नम्बर वडामा विगत ११ दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु भएको छ । गत ७ गते वर्षासँगै आएको पहिरोले विद्युतको नहर भत्किएपछि अवरुद्ध बनेको विद्युत सेवा हिजोबाट सुचारु भएको हो ।

वर्षासंगै आएको पहिरोले गाउँपालिकाको वडा नम्बर दुई स्थित त्रिवेणी काँक्रीखोला लघुजलविद्युत आयोजनाको नहरमा क्षति पुर्याउदा ४५ किलोवाट क्षमताको उक्त विद्युत सेवा करिव ११ दिनदेखि अवरुद्ध भएको थियो ।

माथिबाट नहरमा झरेको पहिरो पन्छाउने र भत्केको नहर मर्मत गर्ने काम सकिएकाले शनिवारबाट पुनः विद्युत सेवा सुचारु गरिएको विद्युत व्यवस्थापन समितिका सचिव पृथीबहादुर बुढाले जानकारी दिनुभएको छ । उहाँका अनुसार नहरमा झरेको पहिरो पन्छाउन र नहर मर्मत गर्न एक हप्ता भन्दा बढि समय लागेको थियो ।

विद्युत सेवा हिजोबाट सुचारु भएसंगै गाउँपालिकाको केन्द्र खाबाङवगर सहित सैपाटुन, काक्रि, त्रिवेणी, जंगाधारा, दवाङ र गावाङका गरी करिव ५७६ घरधुरीले बत्ति बाल्न पाएका छन ।

हरेकको दैनिकीसंग जोडिएको विद्युत सेवा सुचारु भएसंगै साझ विहान बत्ति बाल्न मात्र नभई मोबाइल चार्ज गर्न, र अन्य विद्युतीय काम गर्न पनि सहज भएको स्थानिय वेदना बुढा मगरले जानकारी दिनुभएको छ ।

Facebook Comments