• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थीलाई सुरक्षित गर्न विद्यालयमा स्वास्थ्य सामग्री सहयोग अभियान




कोरोना संक्रमणबाट विद्यार्थी र शिक्षकशिक्षिकाहरुलाई जोगाउने उद्देश्यले घोराही १३ सेवारबनगाउँ स्थित बराहक्षेत्र माबीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

विद्यालयले विद्यार्थीहरुका लागि शिक्षण सिकाई कक्षा सञ्चालन गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकशिक्षिकालगायतका कर्मचारीहरुलाई कोरोनो संक्रमणबाट जोगाउनका लागि नेकपाका युवा नेता प्रेम बुढा, नेकपा घोराही १३ का अध्यक्ष तथा बिद्यालयका सल्लाहकार दिपक गिरिले विद्यालयमै पुगेर स्वास्थ्य सामग्री सहयोग गरेका हुन ।

बुढा र गिरिले सेवार बनगाउ रहेको विद्यालयमै पुगेर शुक्रबार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हर्क चौधरि र बिद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगिलाई सेनेटाइजर, मास्क र हातधुने सावुन हस्तान्तरण गरेका हुन । कोरोना भाइरसको जोखिम रहेको समयमा विद्यालयमा अध्ययनरत विद्यार्थी र उनीहरुलाई पढाउने शिक्षकशिक्षिकाहरु जोखिममा हुने भएकाले उनीहरुलाई संक्रमण हुनबाट जोगाउने उद्देश्यले विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको युवा नेता बुढा र गिरिले जानकारी दिएका छन् ।

उनिहरुले आगामी दिनमा समेत विद्यालयलाई थप सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
महामारीको समयमा विद्यालयमा सेनेटाइजर,मास्कलगायतका स्वास्थ्य सामग्री सहयोग गर्ने बुढालाई विद्यालयका प्रधानाध्यापक योगि र बिब्यस अध्यक्ष चौधरिले धन्यावाद ज्ञापन गरेका थिए । विद्यालयमा झण्डै ७ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयले समेत गरी तीन सिफटमा सिक्षण सिकाई गर्दै आएको छ ।

Facebook Comments