• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही–मुर्कुटी सडकको अवस्था सुधार्न युवा क्लबको पहल




दाङको बंगलाचुलीमा क्रियाशील स्टार बंगलाचुली युवा क्लबले घोराही–मुर्कुटी सडक मर्मतका लागि पहल थाल्ने भएको छ ।

क्लबका अध्यक्ष शशिधर परियार (सुशील)को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जसअनुसार सडक सुधार गर्नका लागि जनस्तरबाट गर्ने सकिने र चाल्न सकिने पहलबारे गाउँपालिकास्तरीय सर्वदलीय बैठक आयोजना गर्ने र कम्पनीले सम्झौता गरेका तर पूरा नगरेको कामहरु सहित पत्रकार सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकका सहभागीहरुले सम्बन्धित निकायले सडक मर्मत गर्छु भने पनि आलटाल गरेको हुदा अब जनस्तरबाटै आन्दोलन गर्ने बताएका थिए ।

Facebook Comments