• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लक्ष्मीपुर युवा क्लबको आयोजनामा २८ जनाले गरे रक्तदान




लक्ष्मीपुर युवा क्लबको आयोजना तथा रक्तसञ्चार सेवा घोराहीको सहयोगमा रक्तदान गरिएको छ ।

दाङ जिल्लामा रगत अभाव भएको समाचार आएपछि क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष पञ्कज आचार्यले जानकारी दिनुभयो ।

क्लबका सदस्य तथा अन्य गरी २८ जनाले रक्तदान गर्नुभएको छ । रक्तदान गर्नेहरुमा हिमाल पौडेल, नारायण पोख्रेल, इश्वर भण्डारी, सन्तोष भण्डारी, भुवन भण्डारी, विकास पाण्डे, माधव खनाल, शरद लम्साल, प्रमोद पन्थी, थमबहादुर डाँगी, कृष्णप्रसाद भण्डारी, नारायण रिजाल, प्रदीप रिजाल, रेशम भुसाल, बसन्त गौतम, लालबहादुर सुनार, दीपक भुसाल, माधवप्रसाद घिमिरे, युवराज पन्त, शिशिर पोख्रेल, नवीन थापा, रामचन्द्र श्रेष्ठ, टिटो ओली, ताराप्रसाद भण्डारी, पञ्कज आचार्य, खेमराज भण्डारी, माधुरी चन्द र अमन आचार्य रहनुभएको छ ।

सम्पूर्ण रक्तदाताहरुलाई जुसको ब्यवस्था घोराही ४ लक्ष्मीपुर निबासी युवराज पन्तले गर्नुभएको थियो । सम्पुर्ण रक्तदाता, स्वयंसेवक र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई क्लबका सहसचिव खेमराज भण्डारीले धन्यवाद व्यक्त गर्नु भएको थियो भने सचिव श्रीधर भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Facebook Comments