• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा संघ दाङको इञ्चार्जमा पन्त




राष्ट्रिययुवा संघ नेपालले आफ्नो केन्द्रीय स्तरको एकता प्रक्रिया टुंगिएको जनाएको छ ।

जसअनुसार ७७ वटै जिल्लामा इञ्चार्ज, सहइञ्चार्ज तथा उपमहानगरपालिकासम्म इञ्चार्ज तोकिएको छ ।

दाङ इञ्चार्जमा सरोज पन्त तोकिनुभएको छ । उहाँ पूर्व वाइसिएलबाट प्रतिनिधित्व गर्दै युवा संघको केन्द्रीय सदस्य हुनुहुन्छ । तत्कालीन जनमुक्ति सेनाहुँदै वाइसिएलमा नेतृत्व सम्हाल्नुभएका पन्त युवाहरुमाफ स्थापित संगठकको रुपमा चिनिनुहुन्छ । त्यस्तै सहइञ्चार्जमा विकास ज्ञवाली तोकिनुभएको छ, उहाँ पूर्व युवा संघको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य रहनुभएको छ ।

जिल्ला संयोजकमा यसअघि नै देबु बस्नेत र सहसंयोजक माधव बुढाथोकीलाई तोकिएको थियो । त्यस्तै केन्द्रीय समितिले केन्द्रीय सदस्यहरु माधव ओलीलाई घोराही र दीपशिखा जीएमलाई तुलसीपुर इञ्चार्ज तोकेको छ ।

त्यस्तै प्युठान इञ्चार्जमा विनोद ओली र सहइञ्चार्ज मुकेश थापा, रोल्पा इञ्चार्जमा अग्रिम पुन र सहइञ्चार्ज पूर्ण खड्का, रुकुमपूर्व इञ्चार्जमा कुमार हमाल र सहइञ्चार्ज सुनिल रोका मगर, सल्यान इञ्चार्जमा खड्क आचार्य, रुकुपश्चिम इञ्चार्जमा जीतबहादुर हमाल र सहइञ्चार्ज लक्ष्मण ओली तोकिनुभएको छ ।

Facebook Comments