• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश ५ को राजधानी भालुवाङ निश्चित, प्रदेशसभामा प्रस्ताव आजै पेश हुने




सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भालुवाङमा प्रदेश राजधानी राख्ने सहमति भएसँगै प्रदेशसभाले तयारी थालेको छ । आजै प्रदेशसभामा यो प्रस्ताव पेश हुने प्रदेशसभाको कार्यसूचि छ ।

आजै प्रदेशसभामा प्रदेशको नाम तथा राजधानीबारे आन्तरिक कार्यबिधि २०७७ पेश हुने छ । कार्यबिधि पारित भएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले आजै स्थायी राजधानी र नामाकरणबारेको प्रस्ताव पेश गर्नुहुने छ ।

स्रोतका अनुसार भालुवाङमा केन्द्र मानेर दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई समेट्ने गरी प्रदेश राजधानीको टुंगो लागेको छ ।

प्रदेश ५ को प्रदेशसभाले प्रदेशसभा सदस्य दीपेन्द्र पुनको नेतृत्वको गठन गरेको संसदीय अध्ययन कार्यदलले दिएको सिफारिसका आधारमा नेकपाबीच सहमति जुटेको छ । सोही प्रतिवेदनका आधारमा तयार पारिएको प्रस्ताव आजै प्रदेशसभामा दर्ता गरिदैछ ।

अध्यक्षद्वय ओली र प्रचण्डले प्रदेशसभाका सदस्यहरुलाई ह्वीप लगाउन निर्देशन गरिसक्नुभएको छ । यसबारे निर्णय गर्न भोलि शनिवार नेकपा प्रदेश संसदीय दलको बैठक आव्हान गरिएको छ । बैठकले भालुवाङ राजधानीको पक्षमा प्रदेशसभा सदस्यहरुलाई ह्वीप जारी गर्नेछ ।

Facebook Comments