• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मालपोत कार्यालय रुकुमकोटबाट संकलन हुने राजश्वमा कमी




मालपोत कार्यालय रुकुमकोट रुकुम पुर्वबाट संकलन हुने राजश्वमा आर्थिक वर्ष २०७६÷७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ । गत वर्षको चैत्र ११ गतेदेखि भएको बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा राजस्व संकलनमा कमी आएको मालपोत कार्यालय रुकुम पुर्वले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा विभिन्न शीर्षकबाट ४९ लाख ३८ हजार ६२७ रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा ३९ लाख ८० हजार ४७६ रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो राजश्व ९ लाख ५८ हजार १५१ रुपैयाले कमि हो । आर्थिक वर्ष २०७६÷७७ मा कोभिड–१९ अर्थात कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा राजस्व संकलनमा कमि आएको मालपोत कार्यालय रुकुम पुर्वका लेखापाल हेमेन्द्र कुमार पन्डितले जानकारी दिनुभएको छ । ।

उहाँका अनुसार आर्थिक वर्ष २०७६ र ७७ मा ३९ लाख ८० हजार ४७६ रुपैया राजस्व संकलन भएको छ । कार्यालयले पूँजीगत लाभकर, प्रशासनिक दस्तुर रजिष्ट्रेशन दस्तुर र अन्य विविध शीर्षकबाट ३९ लाख ८० हजार ४७६ रुपैया राजस्व संकलन गरेको हो ।

कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन शुल्कबाट २४ लाख ६० हजार २७७, फारम तथा पुर्जा विग्रीबाट २२ हजार ७२५, सेवा शुल्कबाट ५ लाख १९ हजार ५ सय र रोक्कादस्तुरबाट एक लाख ४०० राजस्व संकलन गरेको छ ।

यसैगरी पुजिगत लाभकरबाट ८ लाख ५ सय ६९ रुपैया, न्यायिक दस्तुरबाट ७७ हजार पाँच रुपैया गरी जम्मा ३९ लाख ८० हजार ४७६ रुपैया राजस्व संकलन गरिएको मालपोत कार्यालय रुकुम पुर्वका मोठ रोक्का विभागका खरिदार कमल पौडेलले जानकारी दिनुभएको छ ।

Facebook Comments