• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महिलाको जीवन बचाउन रक्तदान




रोल्पा परिवर्तन गाउँपालिकाकी ६५ बर्षीया महिला चुनादेवी ओलीका लागि दाङमा दुइ जनाले रक्तदान गर्नुभएको छ ।

क्यान्सर रोगबाट पीडित ओलीको जीवन बचाउन फोटो पत्रकार कुलदीप न्यौपाने र युवा ब्यवसायी नवीन श्रेष्ठले रक्तदान गर्नुभएको हो । लामो समयदेखि विरामी महिलाका लागि पटकपटक ताजा रगतको आवश्यकता पर्दछ ।

गत जेठमा पनि रगत आवश्यक परेकाले फोटो पत्रकार न्यौपानेले रगत दिनुभएको थियो । यसपटक थप रगत चाहिएकाले न्यौपाने र श्रेष्ठले रगत दिनुभएको हो । आमाको जीवन बचाउन रक्तदान गर्ने न्यौपाने र श्रेष्ठ दुबै जनालाई छोरा नरसिंह ओलीले धन्यवाद दिनुभएको छ ।

आगामी दिनमा यस्तै सहयोगका लागि ‘ए पोजेटिभ’ रक्त समूहका व्यक्तिहरुलाई आग्रह गर्नुभएको छ ।

छोरीको जन्मदिनमा रक्तदान

पछिल्लो समयमा रक्तदान गर्ने संस्कार बन्न थालेको छ । सोही क्रममा घोराही १५ गुलरिया निवासी निशान्त जीएमले छोरीको जन्मदिनमा रक्तदान गर्नुभएको छ ।

रगत अभावमा कसैको ज्यान नजाओस् भनेर छोरीको जन्मदिनमा रचनात्मक सन्देश जाओस् भनेर रक्तदान गरिएको जीएमले बताउनुभयो ।

Facebook Comments