• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा अनेरास्ववियूको एकता, कसले के जिम्मेवारी पाए ?




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियू रुकुमपश्चिमको पहिलो एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आज मुसीकोट नगरपालिका ५ शेरीगाउँस्थित सहिद स्मृती प्रतिष्ठानको सभा हलमा दुई संगठनको प्रथम एकता भेला तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

संगठनले अनेरास्ववियूको जिल्ला कमिटी सदस्य, जिल्ला कार्यालय सदस्य, जिल्ला सचिवालय सदस्य र सबै पालिकाका संयोजक तथा सह–संयोजक टुङ्गो लगाएको छ । अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियू विचमा केन्द्रिय एकता भएसंगै जिल्लामा संयोजक र सह–संयोजक यसअघि नै टंगो लगाईएको थियो ।

भेला मार्फत संगठनका जिल्ला संयोजक शुशिल विष्ट र सह–संयोजक हुकम बिसी तथा जिल्ला सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनिहरुलाई संगठनका केन्द्रीय सदस्य सुन्दर शर्माले सपथ ग्रहण गराउनुभएको हो । संगठनको जिल्ला कमिटी ५१ सदस्यीय रहेको छ ।

जसमा साविकको अनेरास्ववियू क्रान्तिकारीबाट ३१ जना र अनेरास्ववियूबाट २० जनाको प्रतिनिधित्व रहेको छ । १७ सदस्यीय जिल्ला सचिवालय समिति पनि गठन गरिएको छ । जसमा अनेरास्ववियू क्रान्तिकारीबाट ११ जना र अनेरास्ववियूबाट ६ जना समावेश छन् ।

शुशिल बिष्ट, जीवन खड्का, नारायण केसी, कर्णबहादुर शेपार्ली, हुकम विसी, प्रकाश खड्का र भिमबहादुर सार्की रहेको कार्यालय समिति पनि बनेको छ । त्यस्तै भेलाले पालिका संयोजक र सह–संयोजक पनि चयन गरेको अनेरास्ववियूले जनाएको छ । ६ पालिका मध्य ४ वटा अनेरास्ववियू (क्रान्तिकारी) र २ वटा अनेरास्ववियूको भागमा परेका छन् ।

मुसीकोट नगरपालिकाको संयोजकमा भावना शर्मा र सह–संयोजकमा प्रमिला कठायत तथा इन्चार्जमा रामवहादुर बिष्ट, चौरजहारी नगरपालिकाको संयोजकमा अर्जुन ओली र सह–संयोजकमा प्रताप धिताल तथा इन्चार्जमा निराजन केसी र आठबीसकोट नगरपालिकाको संयोजकमा अनिल केसी र सह–संयोजकमा मोहन सार्की तथा इन्चार्जमा भिमवहादुर सार्की रहनुभएको छ ।

त्यस्तै सानीभेरी गाउँपालिकाको संयोजकमा प्रेमप्रकाश खत्री र सह–संयोजकमा छविलाल विष्ट तथा इन्चार्जमा जीवन खड्का, त्रिबेणि गाउँपालिकाको संयोजकमा भिमदत्त बुढाथोकी र सह–संयोजकमा दिपक रावल तथा इन्चार्जमा विशाल बिष्ट र बाँफिकोट गाउँपालिकाको संयोजकमा किरण विश्वकर्मा र सह–संयोजकमा रामवहादुर ओली तथा इन्चार्जमा खुमराज ओली चयन हुनुभएको छ ।
एकता भेला तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला इन्चार्ज राजकुमार शर्माले राजिनितिको मुल आधार विद्यार्थी संगठन भएको बताउनुभयो । आजका विद्यार्थीहरु नै भोलीका राजनितिक लिडर भएकाले राम्रो लिडर उत्पादनका लागि आज विद्यार्थी संगठनको अहम भुमिका रहेको उहाँको भनाई छ ।

विद्यार्थी राजनितिलाई समयानुकुल परिमार्जन गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । हरेक अनियमितता, बदमासि र भ्रष्टाचार विरोधि गतिविधिमा विशेष ध्यान चासो दिन र गम्भिर ध्यानाकर्षण गराउन उहाँले बिद्यार्थीहरुलाई आग्रह पनि गर्नुभयो ।

भेलामा पार्टीका सह–इन्चार्ज बसन्त शर्मा, पार्टी अध्यक्ष गोपाल शर्मा, सचिव विमलकुमार पुन, संगठनका केन्द्रीय सदस्य सुन्दर शर्मा, पूर्व विद्यार्थी नेता सुन्दर ओली लगायतको आतिथ्यता रहेको थियो ।

Facebook Comments