• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार पीडित र शर्माको पहलमा मैतीको नि:शुल्क उपचार




अपांगता र चरम गरिबीले थलिएकी मैती घर्ती पछिल्लो समय पाठेघर दुख्ने समस्याले आक्रान्त थिइन् ।

घोराही १६ खिरिटियामा देवरको घरमा बस्दै आएकी मैतीको लोग्ने पनि अपांग छन् । दुबैजना बोल्न सक्दैनन् । जिन्दगीमा सहारा दिने गतिलो आफन्त कोही नभएका कारण रोग पालेर बस्न बाध्य थिइन् मैती ।

यस्तै पीडामा रुमल्लिरहेको बेला नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडित र गणतन्त्र दैनिकका कार्यकारी सम्पादक पाण्डव शर्माको पहलमा मैतीको उपचार भएको छ ।

घोराहीस्थित मध्यपश्चिम पोली क्लिनिकका संचालक महावीर जिसीले मैतीको सम्पूर्ण उपचार नि:शुल्क उपचार गरिदिनु भएको छ । मध्यपश्चिम पोली क्लिनिकमा प्रसुती रोग विशेषज्ञ अनुपमा शर्माले मैतीको स्वास्थ्य जाँच गर्नुभएको थियो । परिवार नियोजनको साधन कपर टि को प्रयोगले मैतीको पाठेघरमा घाउ भएको डा. शर्माले बताउनु भयो ।

डा. शर्माले कपर टि निकाली दिनुभएको छ र एक हप्तासम्मका लागि औषधि दिनुभएको छ । क्लिनिक संचालक जिसीले स्वास्थ्य जाँचदेखि, भिडियो एक्सरे, पिसाब जाँच र औषधि सबै नि:शुल्क गरिदिनु भएको थियो ।

मैतीको स्वास्थ्यमा थप जटिल समस्या देखिएमा अप्रेशन लगायत थप उपचार र औषधि नि:शुल्क उपलब्ध गराउने अस्पताल संचालकद्वय महाबीर जिसी र माधव भण्डारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Facebook Comments