• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आशाको दियो बोकेको मेरो पुस्ता




अर्जुन ओली

बालापनलाइ ओझेल पारी जिम्मेवारी र समझदारीको टुसा पलाइसकेको मेरो पुस्ता अहिले फल्न र फुल्न शुरु गर्दैछ । परिवार, गाउँ, समाज र राष्ट्रको आशाको धरोहर नै मेरो पुस्ता हो ।

वृद्धा अवस्थामा रहेका बुवा, आमा र बाल्य अवस्थामा रहेका भाइबहिनीले जिम्मेवारी मेरो पुस्तालाइ सुम्पिदै छ । जिम्मेवारीलाइ स्वीकार्न आँटिएको मेरो पुस्ताले अवश्य नया सोच, लक्ष्य र उद्दश्यको कल्पना गरी कर्तव्यनिष्ठ हुनेछ ।

परिवर्तनको दौडानमा रहेको यो पुस्ता राजनीतिक, प्रशासनिक, बैदेशिक रोजगारी, व्यापार व्यवसाय, कृषि उत्पादन, औद्योगिक उत्पादनजस्ता विभिन्न पेशाको खोजीमा लागिसकेको छ । त्यसो त केही प्रतिशत भने लागुपदार्थको सेवनमा लट्ठिन पनि थालिसकेका छन् । केही धूम्रपान धुमिलिएका छन् भने केही मध्यपानमा मातिएका छन् । र, केही चोरी, डकैती, हत्या, हिंसा, बलात्कारजस्ता सामाजिक अपराधमा पनि लागेकै छन् ।

पछिल्लो तथ्यांक हेर्दा यो पुस्तामा लागुपदार्थ दुब्र्यसनीको मात्रा बढिरहेको छ । यस्ता नकारात्मक क्रियाकलाप कसरी नियन्त्रण गरी परिवर्तनको आश राख्न सकिएला ? आउदो पुस्तालाइ कसरी सुरक्षित राख्न यो सामाजिक चुनौतीको बिषय हो।

दुब्र्यसनलगायत सामाजिक अपराधमा रहेको मेरो पुस्तालाई सुधार्न नैतिक शिक्षा, सुधार गृह र सन्देशमूलक कार्यक्रम जरुरी छ । त्यस्ता कार्यक्रममा समावेश गराएर सकारात्मक नयाँ सोचको विकास गराइ उर्जाशील बनाउन सके आउँदो पुस्तामा यसको असर नियन्त्रण हुने छ ।

हरेक नकारात्मक क्रियाकलापलाई निरुत्साहन गर्दै नैतिक शिक्षा, व्यवहारिक ज्ञान, असल संगतको प्रतिफल मेरो पुस्ताले उजागर गरी आत्मीयता, सामाजिक सद्भाव र सबै प्रकारको बिभेदको अन्त्य गर्दै सभ्य र समतामूलक समाजको निर्माण गरी सबल र समृद्ध राष्ट्रको निर्माणमा जुट्ने मेरो पुस्ताको काँधमा आएको गहन जिम्मेवारी हो ।

बिज्ञान र प्रबिधिको विकासको सङघारमा उभिएको मेरो पुस्ताले आधुनिकरण, व्यावसायिककरण, बिबिधिकरण र यांत्रिकरणको प्रयोग वा उपयोग गरी आउदो पुस्तालाइ दिगो र प्रबिधिमैत्री बिकासको हस्तान्तरण गर्नसक्ने छ । आशाको दियो बोकेको मेरो पुस्ता गन्तव्यमा नपुग्दासम्म दियो निभ्न नदिन बरु आशाको दियोमा उर्जाको तेल थप्दै अघि बढ्ने छ, त्यसमा हामी निरन्तर लागिरहनेछौं ।
त्रिवेणी गाउँपालिका, पेउघा रुकुमपश्चिम
यो पनि पढ्नुहोस्–
मैले देखेको सत्य

Facebook Comments