• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा एक हजार तीनसयको जाँज, ७४ जनामा संक्रमण पुष्टि




रुकुम पुर्वमा अहिलेसम्म एक हजार तिन सय ४७ जनाको स्वाब संकलन गरी परिक्षण गरिएको छ । जिल्लाका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर थाहा पाउन पिसिआर परिक्षणका लागि एक हजार तिन सय ४७ जनाको स्वाब संकलन गरी परिक्षण गरिएको हो ।

जसमध्य एक हजार दुई सय ७३ जनाको रिपोट नेगेटिभ अर्थात कोरोना नभएको आएको छ, भने ७४ जनाको रिपोट पोजेटिभ अर्थात कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय रुकुम पुर्वका कोरोना रोग फोकल पर्सन निमप्रसाद गिरिले जानकारी दिनुभएको छ । उहाँका अनुसार ७४ जना संक्रमित मध्य २५ जना कोरोनालाई जितेर घर फर्किसकेका छन ।

पछिल्लो चरणमा जिल्लामा ४६ सक्रिय कोरोना संक्रमति रहेका छन । ति मध्य ३८ जनाको रुक्मिणी माविमा बनाइएको आइसोलेसनमा उपचार भईरहेको र अन्य तिन जना जिल्ला बाहिर उपचारको क्रममा रहेको गिरीले बताउनु भएको छ । यस्तै ३ जना आइसोलेसनमा आउने क्रममा रहेको तथा ६ जना सुरक्षित साथ होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय रुकुम पुर्वले जनाएको छ ।

Facebook Comments