• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालय सञ्चालनको वातावरण बनाउन विद्यार्थी संगठनहरुको माग




दाङमा क्रियाशील तीन विद्यार्थी संगठनले वैकल्पिक सिकाइको रुपमा चलेका अनलाइन कक्षा प्रभावकारी नभएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउदै सबै शैक्षिक संस्थाहरू संचालनको वातावरण तयार गर्न आग्रह गरेका छन् ।

अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त बैठकले यस्तो आग्रह गरेको छ । निजि विद्यालयहरुले अनलाइन कक्षा पढाएको नाममा अभिभावक र विद्यार्थीहरुबाट चर्को शुल्क असुलेको भन्दै बैठकले भौतिक रुपमा कक्षा संचालन नहुदै शुल्क लिने शैक्षिक संस्थाहरू लाई कार्वाही गर्न माग गरेको छ ।
निजि तथा सामुदायिक विद्यालय हरुले दिदै आएको छात्रवृत्ति लाई वृद्धि गरि बैज्ञानिक र व्यवहारीक मापदण्ड बनाइ निष्पक्ष ,पारदर्शीढंगले कार्यान्वयन गर्न माग गर्दै बैठकले शिक्षण संस्थाहरुमा बनाइएको क्वारेन्टाइन तथा आइसोलेशन हताइ अन्यत्र स्थानमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा अनेरास्ववियूका संयोजक जंग रोका, नेविसंघका कार्यावाहक अध्यक्ष टोपबहादुर बुढाथोकी र अखिल क्रान्तिकारीका अध्यक्ष अनिल केसीले हस्ताक्षर गर्नुभएको छ ।

Facebook Comments