• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथाउत्तरगंगा चार दिनदेखि सञ्चारबाट वञ्चित, फोन गर्न दुइ घण्टा हिडनुपर्ने बाध्यता




रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका भित्रका नागरिकहरु विगत चार दिनहरु सञ्चारको पहुचबाट बन्चित भएका छन । गाउँपालिका भित्र रहेका कुनै पनि स्काईका टावरले काम नगर्दा पुथाउत्तरगंगा गाउँपालिका भित्रका नागरिकहरु विगत चार दिन देखि सञ्चारको पहुचबाट बन्चित भएका हुन ।

हाम्रो गाउँपालिका भित्र छन त सेफेधुरी, कोल, मैकोट गरी तिन ठाउँमा स्काईका टावर छन पुथाउत्तरगंगा गाउँपालिका १३ नम्बर वडाका स्थानिय कुलप्रसाद कुवरले भन्नुभयो तर विगत चारदिन देखि कुनै टावरले काम गर्दैनन । हाम्रा लागि अलि भरपर्दाे भेनेको स्काई फोन थियो त्यहि पनि विग्रर्याे कि के भयो मोलाइल तथा सिडिएमए फोन सेटमा टावर दिदैनन कुवरले दुखेसो पोख्नुभयो कोहिसंग कुरा गर्नको लागि दई घण्टाको पैदल हिडि अग्लो लेकमा जानुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिका भित्र नमस्तेको टावर भएपनि गाउँपालिकाको केन्द्र तक लगायत आसपासका क्षेत्रमा मात्र काम गर्ने भएकाले स्काईको टावर जादा समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार हुकाम, रन्मामैकोट, जाङ, कोल, नाखा राङसी, तकसेरा, चारगाउँ, खाराबाङ लगायतकाक्षेत्रका नागरिकहरु सञ्चारको पहुचबाट बन्चित भएका छन । हरेकको दैनिकीसंग जोडिएको फोन सेवा अवरुद्ध हुदा त्यहाँका नागरिकलाई सुचना आदानप्रदान गर्न समस्या भएको छ ।

लगातारको वर्षातका कारण पहिरो जादा दाङमा अपटिकल फाइबर राखिएका ४् ५ वटा पोल ढलेकाले रुकुम पुर्वका सवै ठाउँमा स्काई फोनले केहि दिनदेखि काम गर्न छोडेको नेपाल टलिकम शाखा कार्यालय रुकुम पुर्वका कार्यालय प्रमुख चन्दन यादवले जानकारी दिनुभएको छ । जिल्ला भित्र रहेका स्काईका टावरमा केहि समस्या छैन यादबले भन्नुभयो दाङमा अपटिकल फाइबर राखिएका पोल ढलि अपटिकल लाइन अवरुद्ध हुदाँ जिल्लामा स्काई फान अवरुद्ध भएको हो ।

पहिरोले क्षति गरेका अपटिकल फाइबर पोल गाडने र तार जोडने काम भईरहेकाले भोली साझसम्म पुथाउत्तरगंगा लगायत जिल्लाका सवै ठाउँमा स्काई फोनले काम गर्ने यादबले जानकारी दिनुभएको छ ।

Facebook Comments