• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोटमा फेरि सिल




रुकुम पुर्वको सदरमुकाम रुकुमकोट बजार आज राति १२ बजे देखि असोज १३ गते राति १२ बजेसम्मका लागि सिल हुने भएको छ । रुकुमकोटमा कोरोना भाइरसका संक्रमित थपिएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले एक हप्ताको लागि रुकुमकोट शिल गर्ने निर्णय गरेको हो ।

सिस्ने गाउँपालिका ५ को धौलापहिरा देखि ६ को खोपिचारसम्म र नाथिगाड खोला देखि भुमे गाउँपालिका ५ को बालुवासम्मको चार किल्ला सिल हुने सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार यि शिल गरिएको क्षत्रभित्र निजि तथा सार्वजनिक यातायातका साधनहरु तथा मानिसहरु आवतजावत पूर्णरूपमा बन्द रहने छन । सवारी अनुमतिपत्र लिएका तथा विरामी बोकेका एम्बुलेन्स लगायत अत्यावश्यक सेवाहरू भने सञ्चालन हुन दिने पोखरेलले बताउनुभएको छ । यसैगरी नागरिकहरुको सहजताको लागि रुकुमकोट भित्रका इन्धन, तरकारी र खाद्यान्न पसलहरु भने विहान ६ बजेदेखि ९ बजेसम्म र साझ ४ बजेदेखि ६ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ ।

उक्त अवधिमा नियम उलंघन गरे कानूनबमोजिम कारबाही गरिने प्रशासनले जानकारी दिएको छ । आइतवार हिजो सिस्ने गाउँपालिका भित्रका जनप्रतिनिध, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, पत्रकार लगायत समुदायका व्यक्ति गरी २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समितिले पुनः रुकुमकोट शिल गरेको हो ।

Facebook Comments