• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा रुकुमपश्चिमले थाल्यो एकतापछि नयाँ अभियानः मूल नारा आर्थिक समृद्धि र सामाजिक रुपान्तरण




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपश्चिममा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी एकतापछि नेता कार्यकर्ता कामविहीन भइरहेको बेला देशभरिमै पहिलोपटक रुकुमपश्चिमले जिल्लाब्यापी अभियान तय गरेको हो । जिल्ला सचिवालयको बैठकले अभियान तय गरेको छ ।

‘उत्पादन, रोजगार एवम आर्थिक विकासका साथ समृद्धितिर अघि बढौं, सामाजिक सास्कृतिक रुपान्तरण र विकास गदै समाजवादको आधार तयार पारौं’ भन्ने नाराका साथ अभियान शुरु हुँदैछ । अभियानबारे असोज १२ गतेसम्म जिल्ला समितिका सदस्यहरुसँग छलफल गर्ने र १३, १४, १५ गते जिल्लास्तरमा एकता हुन बाँकी विद्यार्थी, मगर र किसान संगठनको एकता सम्पन्न गरी जिल्लाब्यापी अभियान सञ्चालन गरिने नेकपा रुकुमपश्चिममा अध्यक्ष गोपाल शर्मा ‘अनल’ले जानकारी दिनुभयो ।

पार्टी संगठन र सरकारको सुद्धीकरण तथा सुदृढीकरण, तिव्र आर्थिक वृद्धि र रोजगारी श्रृजना, सामाजिकतथा साँस्कृतिक रुपान्तरण, रुपान्तरण सहितको समग्र नेतृत्व निर्माण, जनदिशा लागु गर्दै जनसंवन्ध सुदृढ र जननियन्त्रित सरकार सञ्चालन गर्नेमा सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

जसअनुसार जिल्ला र पालिकास्तरमा स्कुलविभाग गठन गरी नियमित स्कुल सञ्चालन गरने छ भने जिल्ला तथा स्थानीयस्तरमा पार्टीका सवै तहका पदाधिकारी तथा सदस्यहरुलाई अलगअलग बैचारिक,उत्पादन तथा सामाजिक रुपान्तरण अभियान बारे प्रशिक्षण दिइने छ ।

त्यस्तै जवस/मोर्चाका पदाधिकारीहरुलाई जिल्ला र स्थानीय स्तरमा प्रशिक्षण गर्ने, टोलस्तरमा जनभेला गरी पार्टी, सरकार र जनताविचको संम्बन्ध र अभियान बारे अन्तरक्रियात्मक कार्यक्रमहरु गर्ने, पार्टी कमिटीका सवै तहमा वैठक गर्ने, बैठकमा जिम्मेवारीको समीक्षासहित आत्मालोचना र आलोचना गर्ने र आवश्यण्क योजना र कार्यक्रम निर्धारण गर्ने गरी अभियान चलाउने निर्णय जिल्ला सचिवालयले गरेको छ ।

यसअन्तर्गत पार्टी सदस्यता नविकरण, जिल्ला तहमा एकता सम्पन्न भएका जवसहरुको इकाई तहसम्म कमिटी निर्माण, लेबी ब्यवस्थापन र सामाजिक रुपान्तरण समिति गठन गरिने छ । आर्थिक समृद्धिका अभियानअन्तर्गत हरेक टोलमा सहकार्य समूह बनाएर ‘एक सहकार्य समुह एक उत्पादन’को याजना लागु गर्ने, ‘एक वडा एक नमुना उत्पादन’ पकेट क्षेत्र निर्माण गर्ने, कृषि र वन पैदावारमाआधारित उद्योगहरु स्थापना गर्ने, सरकारमार्फत उत्पादन तथा रोजगार कार्यको लागि प्राप्त बजेटको सदुपयोग गर्ने, सहुलियत पुर्ण ऋणका लागि सहजीकरण गर्ने र व्यक्तिगतपुजी र श्रमको समेत परिचालन गर्ने, सरकारको संयन्त्रमार्फत सहकारी तथा लघुवित्त संस्थाहरुलाई परिचालन गर्ने र श्रम सहकारी लगायत सबै सहकारी तथा सहकार्य युनिट मार्फत श्रम र पुजींको एकिकृृत र व्यवस्थित परिचालन कार्यक्रम नेकपा रुकुमपश्चिमले अघि सारेको छ ।

त्यस्तै स्थानिय सरकारलाई प्रभावकारी बनाउन प्रत्येक वडामा युवाहरु, महिला,दलित समेतको सहभागितामा आर्थिक समृद्धि तथा रोजगार समिति र सामाजिक साँस्कृतिक रुपान्तरण समिति निर्माण गरी अभियान सञ्चालन गर्ने छ । जसका अनुसार सहकार्य यूनिटहरुलाई मद्धत गर्ने तिनलाई उत्पादन समुहको रुपमा परिचालन गर्ने, श्रम सहकारी गठन र व्यवस्थित परिचालनगर्ने, रोजगार र उत्पादन क्षेत्रको खोजी र पहिचान गर्ने, उत्पादनको लागिप्रविधि, साधनस्रोतको खोजी र आपूर्ति गर्नुको साथै बजारीकरणको व्यवस्था गर्ने, उद्योग स्थापनाको लागि पहल गर्ने, उत्पादनमा जनपरिचालन गर्ने, विविध तालिमको व्यवस्था गरी जनशक्ति र क्षमताविकास गर्ने र नेतृत्व प्रदान गर्ने कार्यक्रम पनि नेकपा रुकुमपश्चिमले अघि सारेको छ ।

त्यस्तै उत्पादक शक्तिको विकास र उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गर्ने, भूमिहिन, दलित तथा श्रममा मात्र आश्र्रित गरिब, उत्पीडित श्रमिकलाई प्राथमिकता दिई सहकार्य युनिट, श्रम सहकारी, उत्पादन सहकारी र वित्तिय सहकारीमार्फत कामसहितको मामको व्यवस्था गर्ने, बाँझो तथा सार्वजनिक जमिनको पहिचान गरि भुमिहिन तथा श्रमिकलाई सामुहिक खेतीगर्न व्यवस्थागर्ने, माटो, हावापानीको आधारमा सबै जमिनको उपयोग, वनजंगलअन्यप्राकृतिकश्रोतहरुको समुचितप्रयोग र परिचालनगरि उत्पादन र रोजगारी बृद्धि गर्ने, दलित तथा महिलाहरुको समुह,सहकारी निमार्ण गरि उत्पादन र रोजगार कार्यमा आवश्यक प्रविधि औजार लगायतअन्य सहयोग उपलब्ध गराउने कार्यक्रम पनि नेकपा रुकुमपश्चिमले अभियानमा क्रममा सञ्चालन गर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

पालिकामा बनेका सहकार्य समूहलाई प्रतिसमुहलाई एक लाखसम्मको सहुलियत ऋण उपलब्ध गराइ कृषि कार्यमा लगानीको वातवारण बनाउने, गरिबहरुको पहिचान गरी सबैको अनिवार्य स्वास्थ्यविमा गर्ने, घरबास नभएका सबैलाई घर बासको व्यवस्थागर्ने, युवाहरुलाई प्राबिधिकतालिम, स्वयमसेवक, नगर प्रहरी, श्रम सहकारी, खोज अनुसन्धानकार्य, कलातथा साहित्य, खेलकुद, शैक्षिक क्षेत्र आदिमार्फत संगठित गरि परिचालनगर्ने, सरकारले नगर÷गाउप्रहरी निमार्ण तथा सञ्चालनगरि आर्थिक विकास तथा वातावरणीय र सामाजिक स्वच्छता कायमगर्न लागि पर्ने कार्यक्रम पनि अघि सारिउको छ ।

सामाजिक सांस्कृतिक कामअन्तर्गत आधारभुत सामाजिक मूल्य मान्यतालाई विकसित गर्दै राम्रालार्य अघि बढाउने, नैतिक मूल्यमान्यताको अनुसरण गर्ने, युुवाहरुलाई विभिन्नखालका कुलत, अराजकताबाट बचाउँदै परिश्रमी र श्रृजनशील बनाउने तथा बालबालिकाहरुलाई भावि समाजको समग्रमा नेतृत्व विकासका लागि आधार तयार पार्ने गरी कार्यक्रम सञ्चालन गर्ने तयारीमा नेकपा रुकुमपश्चिम जुटेको छ ।

प्रारम्भिक कक्षादेखि ८ कक्षा सम्मअनुशासन, नैतिकता, राष्ट्रियता, समानता, स्वयमसेवीभावना, स्वालम्बी, श्रमप्रतिको सम्मान, समाजविकासको प्रकृयाका साथ वैज्ञानिक दृष्टिकोण निमार्ण सहितको बाटोमा अगाडि बढन प्रशिक्षितगर्न आवश्यक पाठयक्रम सहित अतिरिक्त कक्षा सञ्चालन गर्ने, गणित, विज्ञान, अग्रेजी तथा अन्य प्राबिधिक विषयको अध्यापनलाई प्रदेशको अध्यापन केन्द्र मार्फत अध्ययन गराउन डिजिटल प्रणालीमा जोड्ने, स्थानीयकला साहित्य, संस्कृतिको विकास प्रर्बधन, लोक संस्कृति र त्यस क्षेत्रमा संलग्नव्यक्तिहरुको क्षमताविकास र रक्षागर्न संगठित गर्दै परिचालनगर्न आवश्यक सहयोग गर्ने, जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु, टुहुरा बालबालिकातथाअसाहयहरुलाई संरक्षण तथा सहयोग गर्ने जनयुद्ध, जनआन्दोलन तथ ाअन्य सघर्षका क्रममा बलिदानगर्ने सहिदहरुप्रति उच्च सम्मान, परिवारहरुलाई विभिन्न सहकारी समू्रहमा संगठित गरी परिचालनका साथै घाइते अपाङ्गहरुलाई सहयोग गर्ने नीति पनि नेकपा रुकुमपश्चिमले अघि सारेको छ ।

अभियानका क्रममा बर्गीय, जातीय, सामाजिक, साँस्कृतिक, लिङ्गीयविभेद अन्त्य गर्दै सामाजिक एकता, सदभाव र सहिष्णुता कायम गर्न सचेतनामूलक कार्यक्रम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिनुभयो । त्यसैगरी बहुबिवाह, बालबिवाह, अनमेल बिवाह, महिला हिंसा आदिलाई अन्त्यगर्दै प्रेम सम्वन्ध तथा आपसी सहमतिय, प्रेममा आधारित अन्तरजातिय बिवाह बिवाह कार्यक्रमलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।

समाजमा सही र गलत, साचो र झुटो, खराव र असल, स्वीकार्य र अस्वीकार्य, सामाजिक हित र अहित, प्रगति र दुर्गतीको स्पष्ट पहिचान गर्ने गर्दै रुत्साहन र प्रोत्साहनको नीति लागु गर्ने गरी कार्यक्रम मिलाइने नेकपा रुकुमपश्चिमले जनाएको छ ।

जनताले बचाइ राखेकाकला सँस्कृती, अशल रहनसहनलाई थपविकसित गर्दै लोक साँस्कृतिक टिम, कलाकारहरु, लेखक, साहित्यकार, नाट्यकर्मीहरुमार्फत त्यसको प्रदर्शन थप श्रृजना र विकासका लागि समाजको परिवर्तनमा योगदान गरेका स्थानीयस्तरका व्यक्तित्वहरु, राष्ट्रिय अन्तराष्ट्रिय स्तरका घटनाक्रम र व्यक्तित्वहरुलाई स्थापितगर्ने। आफ्नो जीवनउत्सर्ग गरेर सामाजीक परिर्वतनगर्ने महान सहिदहरुप्रति सम्मानगर्ने र प्रेरणा लिने सँस्कृतिलाई आत्मसात गर्ने अभियानको उद्देश्य रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत पार्टी, कार्यकर्ता र जनसमुदायको श्रम र सरकारको वजेट समेत उपयोग गरी पालिका स्तरमा एउटा व्यवस्थित सहिदपार्क र सहिद भएका सवै वडामा एक–एक वटा सहिद स्मारक निर्माण गरिने छ । कोभिड १९ को महामारी नियन्त्रण रोकथाम उपचार र प्रतिकार्यकोलागी सरकारको कार्यक्रमलाइ सहयोग गरिने छ भने जिससमार्फत एकिकृत योजना तयार गरी सो अनुसारको कानुन तथा कार्यविधी निर्माण गरेर मदिराजन्य पदार्थको सेवन तथा विक्रिवितरणको कार्यलाइ व्वस्थित गर्ने गर्न पहप पनि गरिने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष शर्माको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि जिल्ला इञ्चार्ज राजकुमार शर्मा ‘आर्ट’, सहइञ्चार्जद्वय शेरबहादुर केसी र बसन्त शर्मा ‘कुशल’ तथा प्रदेश सदस्यहरुको सहभागिता रहेको थियो । बैठक सञ्चालन सचिव विमलकुमार पुनले गर्नुभएको थियो ।

Facebook Comments