• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा प्रदेश पाँचले तोक्यो जिल्लाको बैठकः कुन जिल्लाको बैठक कहिले ?




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश पाँचले संगठित सदस्यता अद्यावधि र नवीकरणका लागि जिल्लाहरुको बैठक आव्हान गरेको छ ।

जसअनुसार प्युठानको असोज ९ गते, नवलपरासीपश्चिमको असोज १० गते, रुपन्देही र कपिलवस्तुको असोज ११ गते, बर्दियामा असोज १२ गते, बाँके र गुल्मीमा असोज १३ गते, दाङमा असोज १४ गते, रोल्पा र पाल्पामा असोज १५ गते, रुकुमपूर्वमा असोज १७ र अर्घाखाँचीमा असोज १९ गते बैठक गर्ने निर्णय भएको सचिव शर्माले जानकारी दिनुभयो ।

बैठकले असोजभित्र सदस्यता अद्यावधि गरी प्रदेश कार्यालयमा पठाउने तथा कार्तिक र मंसिर महिनाभित्र सदस्यता नवीकरण सक्ने निर्णय गरिएको प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिनुभयो ।

प्रदेश अध्यक्ष ओनसरी घर्तीको अध्यक्षता र इञ्चार्ज शंकर पोख्रेलको प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।

Facebook Comments