• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुराना विश्व ब्यवस्था फेल भइसकेको कोरोना संकटबाट थप पुष्टि: प्रचण्ड




पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संकटसँगै पुरानो विश्व ब्यवस्था असफल भएको कोरोना संकटपछि थप पुष्टि भएको बताउनुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा भएको अन्तर्राष्ट्रिय वेबीनारको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूँजीवादी ब्यवस्था जीर्ण अवस्थामा पुगेकाले यसको विकल्पमा समाजवाद स्थापना गर्नुपर्छ भनेर हामीले बिबिधिखाले संघर्ष गर्दै आएको स्मरण गराउँदै उहाँले अहिले कोरोना संकटले पूँजीवादी ब्यवस्थाले अब विश्व धान्न नसक्ने भएकाले समाजवादी ब्यवस्थाको थप औचित्य पुष्ति भएको बताउनुभयो ।

‘हामीले अबको दशक समाजवाद निर्माणको दशकको रुपमा अघि बढाउने घोषणा गरिसकेका छौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कोरोना संकटका कारण नेपालमा पनि अफ्ठ्यारो अवस्था आएको छ, तथापि हामी प्रकितकूलतालाई अनुकूलतामा बदल्दै समाजवाद निर्माणको अभ्यासमा नयाँ कार्यभारका साथ अघि बढ्ने छौं ।’

कार्यक्रममा विभिन्न देशका विज्ञहरुले अबको शिक्षा प्रणालीबारे प्रस्तुति दिएका छन् । संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Facebook Comments