• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडियो सुनछहरी १० औँ बर्षमा, असक्त छोरालाई पाल्दै बसेकी आमालाई सहयोग




रोल्पाको होलेरीवाट संचालनमा रहेको सामुदायीक रेडियो रेडियो सुनछहरी एफ.एम १०१.५ मे.ह आजदेखि १० औँ वर्षमा प्रवेश गरेको छ ।

२०६८ साल असोज ५ गतेदेखी आफनो परीक्षण प्रषारण सुरु गरेको उत्त रेडियो रोल्पा जिल्लाकै तेश्रो तथा सदरमुकाम वाहीरको पहिलो रेडियो हो । स्थानीय सरोकारका विषयलाई केन्द्रीत गर्दै केन्द्रसम्मका गतिविधिलाई हरेक दिन कार्यक्रम तथा समाचारका माध्यमवाट पस्कदै छोटोमयमै श्रोताको मन जित्न सफल यस रेडियोले सामाजीक रुपमा रहेका कुरीती कुसस्कार र भैरहेका व्यतिथी भ्रष्टाचारका वारेमा आफना कार्यक्रम तथा समाचारहरु केन्द्रीत गर्दैै आइरहेको छ ।

रेडियोले प्रत्यक वर्ष आफनो वार्षीक उत्सवलाई साताव्यापी रुपमा विविध कर्यक्रम गर्दै भव्य बनाउदै आइरहेको थियो तर यस वर्षभने कोरोना महामारी र रेडियो भएको स्थान होलेरी नै यतिवेला सिल गरीएको अवस्थाका कारण आफना कुनैपनि औपचारीक कार्यक्रमको आयोजना गर्न नसकेको रेडियोका स्टेशनम्यानेजर सन्तोष शर्माले जानकारी दिनुभयो ।

तर रेडियोले हरेक वर्षे गर्दै आइरहेकोे दुखि तथा असाहय परीवारलाई गर्ने केही सहयोग अन्तरगत यो वर्षपनि रोल्पा रुन्टीगढी गा.पा वाडा नं १ कासापानीमा आफनो असक्त छोरालाई पाल्दै बस्नुभएकी ७० बर्षिया बृद्ध आमा पोती कुमारी वि.क लाई नगद रु ५ हजार तथा खाध सामाग्री सहयोग गर्ने निर्णय भएको रेडियोका अध्यक्ष गोपाल प्रसाद श्रेष्ठले वताउनुभयो । साथै विभीन्न निकायका व्यक्ति तथा श्रोताहरुसगँ टेलीफोन मार्फत शुभकामना साट्दै यस वर्षको वार्षीक उत्सव मनाइरहेको रेडियोले जनाएको छ ।

त्यस्तै अध्यक्ष श्रेष्ठले रेडियोको ९ वर्षे यो स्वर्नीम यात्रालाई भव्य र सफल वनाउन विभीन्न क्षेत्रवाट सहयोग गर्ने समस्त श्रोता,विज्ञापनदाता,सरकारी तथा गैरसरकारी निकाय,संचारकर्मी,राजनैतिकदल लगायत सवैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

Facebook Comments