• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वालम्बन लघुवित्तले दियो मृतक बालबालिकाका परिवारलाई सहयोग




स्वाबलम्बन लघुबित्त बित्तिय संस्था लिमिटेड इलाका कार्यालय घोराहीले केही दिनअघि करेन्ट लागेर निधन भएका बालबालिकाका परिवारलाई सहयोग गरेको छ ।

आफ्नो संस्थाका सदस्य रहेका अभिभावकका बालबालिकाको दुःखद निधन भएपछि सहयोग गरिएको शाखाले जनाएको छ । केही दिनअघि बालिका चौधरीकी चार बर्षीया छोरी रेणुका चौधरी, शान्ता चौधरीका आठ बर्षे छोरा प्रशान्त चौधरी र बिनिता चौधरीका तीन बर्षे छोरा अमृत चौधरीको निधन भएको थियो ।

उहाँहरु तीनै जनाका परिवारलाई दश दश हजार सहयोग गरिएको इलाका प्रबन्धक मोहित नारायण यादवले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगीको उपस्थितिमा इलाका प्रबन्धक मोहित नारायण यादव, शाखा कार्यालय नारायणपुरका शाखा प्रबन्धक बिनोद लम्साल र सोही कार्यालयका सहायक निशान्त जिएमले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments