• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
काखमा बच्चा च्यापेर कार्यालय चलाउने रोकालाई प्रदेश समर्पण पदक




जिल्ला समन्वय समिति रुकुमपूर्वकी समन्वय अधिकृत बिमला रोका श्रेष्ठले प्रदेश सेवा समर्पण ‘ख’ पदक प्राप्त गर्नुभएको छ । प्रदेश पाँच सरकारले संविधान दिवसको अवसरमा सो पदक घोषणा गरेको हो ।

हाल जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत रोका यसअिघ सिस्ने गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । यो पदकसँगै योगदानको उचित मूल्यांकन भएको भन्दै उहाँले हर्ष व्यक्त गर्नुभएको छ । त्यसो त उहाँले निकै कठिन अवस्थामा पनि संघर्ष गर्दै कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

स्थानीय तहको स्थापना भएपछि निर्वाचित भएर आउने जनप्रतिनिधिलाई स्थानीय सरकारको संरचना झल्किने संस्थागत संयन्त्र हस्तान्तरण गर्न वातावरण निर्माण गर्नुपर्ने मुख्य कार्यशर्त लिएर कानूनको रिक्तता, अधिकार बाँडफाँडको अन्यौलतासँगै स्थानीय तहमा आफै जनप्रतिनिधि, आफै कार्यालय प्रमुख र आफै सहायक भएर कार्यारम्भ गर्नुभएको थियो । संस्थागत सक्षमता तयार गरेर निर्वाचित जनप्रतिनिधिलाई ऐतिहासिक कुर्सीमा स्वागत गर्न दिन रात नभनी खट्ने महिला कार्यालय प्रमुख हुनुहुन्छ उहाँ ।

शुरुशुरुका दिनमा तत्काल परिणाम कि प्रक्रियापछि परिणाम भन्ने दुई थरी मान्यताका कारणले द्वन्द्वका बीच स्थानीय तहको योजना तथा कार्यक्रमसँगै सेवा प्रवाह कार्य अगाडि बढाउन सजिलो पनि थिएनन् । स्थानीय तहमा कर्मचारी आउन नखोज्ने भएकाले थोरै कर्मचारी, भएका कर्मचारीमा पनि दक्षता, विज्ञता र अनुभवको कमीका अनुभवी र दक्ष कर्मचारीहरु पनि कार्य वातावरणको अभाव र उत्प्रेरणाको कमीका कारण उहाँले धेरै संघर्ष गर्दै काम गर्नुभयो ।

सुत्केरी भएपछि आराम गर्न पाउने ९८ दिन बिदा सकिनु करिब २०–२५ दिन अगावै आर्थिक वर्षको अन्तिम अवस्था र नयाँ बजेट तर्जुमाको समय आएकाले उहाँ काममा खटिनुपर्यो । पालिकालाई सहज होस् भने थप ६ महिना बेतलबी बिदा लिएर आफ्नो र बच्चाको स्वास्थ्यका लागि गए पनि बिदा सकिनुपूर्व नै कार्यालय फर्केर काम थालेको रोकाको अनुभव छ । उहाँले बच्चालाई गर्भमा राखेर कार्यकारी अधिकृत र बच्चा काखमा राखेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

उहाँ सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा श्रीमान् छिमेकी गाउँपालिका भूमेको प्रमुख प्रशासकीय अधिकृत भएकाले काम गर्न धेरै सहज भयो । समान कार्यालयको समान काम र समान पारिवारिक दायित्व भएकाले पनि कार्यकाल सफल बनाउन सहयोग पुग्यो ।

रोकाका श्रीमान् एवं भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ भन्नुहुन्छ– ‘उक्त पदमा हुँदा संस्था, नेतृत्व र आम जनतो लागि जति सक्यौ त्यति इमान्दारिताका साथ गर्‍यौ । पछि अचानक सरुवाको खबर सुनेर तिमी दुःखी हुँदा मेरो मूल्याङ्कनमा तिमीले पदक पाउने गरी जिम्मेवारी निर्वाह गरेकी छ्यौ, किन दुःखी भएको रुू भनेको थिएँ, आज फेरि मेरो जिब्रोबाट अन्नायसमै निस्केको बोली सत्यतामा परिणत भएको छ। आफैलाई धन्यवाद दिएको छु । आफै मख्ख छु । पछिल्लो समयमा नयाँ कार्यालयमा पनि सिर्जनशील र अडिग भएर कार्यसम्पादनको शुरुवातकै चरणमा पदकबाट विभूषित भएको खबर पाउँदा तिमीप्रति उच्च सम्मान सहित गौरवान्वित महसुस गरेको छु । यो पदकले इमान्दारिता, लगनशीलता, दक्षता र व्यवसायिकतामा अझैं निखारता आउने विश्वास छ ।’

Facebook Comments