• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश पदक पाउने ५८ जनाको यस्तो छ सूचि, प्रदेश रत्न पदक बिष्टलाई




संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले ५८ जनालाई प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले विभिन्न ११ पदकवाट प्रदेशमाविभिन्न क्षेत्रवाट उल्लेख्य योगदान पुराएकाहरुलाई विभूषित गर्ने भएको हो । आगामी फागुन ३ गते पदक पाउनेहरुलाई विशेष समारोहका बीच विभूषित गरिने भएको छ ।

सरकारले बुद्ध शान्ति पदकवाट आचार्य डा. भिक्षु अमृतानन्दमहास्थवीर (मरणोपरान्त) लाई बौद्धधर्मको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमाशान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको र म्यानमार सरकारबाट महानायकपदवी समेत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै प्रदेश प्रमुख जनसेवापद ‘क’ बाट सहिद गुम्रा थारु (मरणोपरान्त, दाङ), प्रदेश प्रमुख जनसेवापदक ‘ख’बाट बाम अगुवा खगुलाल गुरुङ्ग (प्यूठान) र जनयुद्धका सहिद तेजमान घर्ती (थवाङ रोल्पा, मरणोपरान्त), प्रदेश प्रमुख जनसेवापदक ‘ग’बाट जनयुद्धका प्रथम महिला सहिद धनमाया श्रेष्ठ (रुकुमपूर्व मरणोपरान्त), जनयुद्धका सहिद केवल गाहामगर (पाल्पा, मरणोपरान्त) र जनयुद्धको बेला बेपत्ता पारिएका कृष्ण थारु (बेपत्ता, बर्दिया)लाई बिभूषित गरिने छ ।

त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदक ‘क’ बाट प्रदेश सभामा प्रतिपक्षी दलका पूर्व प्रमुख बलदेव शर्मा पोख्रेल (रुपन्देही, मरणोपरान्त), मुख्यमन्त्री प्रज्ज्वल दीपपदक ‘ख’बाट बाम आन्दोलनका अगुवाा माणिकलाल गौतम (दाङ), चिनियालाल बज्राचार्य (पाल्पा), दयाराज बस्याल (मरणोपरान्त, पाल्पा), मुख्यमन्त्री प्रज्ज्वलदीप पदक ‘ग’बाट जनयुद्धका घाइते मनोज चौधरी (दाङ)लाई बिभूषित गरिने भएको छ ।

प्रदेश रत्न पदक ‘क’ बाट दाङका लोकेन्द्र विष्टमगरलाई फलफूल खेतीमार्फत कृषि क्षेत्रमा नवप्रवधर्नात्मक कार्यमा महत्वपूर्ण योगदान गरेकोमा बिभूषित गरिदैछ । प्रदेशभित्र नयाँ सिर्जनात्मक काम गर्नेलाई यो पदक दिने गरिएको छ । पूर्वमन्त्री भइसक्नुभएका बिष्ट दाङमा आएर ड्रागन फ्रूट खेती गरिरनुभएको छ । उहाँले ६६ कटठ जमीनमा भाडामा लिएर थालेको ड्रागन फ्रूट खेती प्रदेशकै शानको रुपमा स्थापित भइरहेको छ ।

प्रदेश रत्न पदक ‘ख’ बाट स्याउ कृषक लक्ष्मीप्रसाद पुन (रुकुमपूर्व), अर्घाखाँची सिमेन्ट प्रालि दाङ, सगुन कन्स्ट्रक्सन रुपन्देही, प्रदेश रत्न पदक ‘ग’ बाट आबिष्कारक मार्शल रोका (दाङ), अगुवा किसान भोजराज रेग्मी (गुल्मी), पुरमल बस्नेत (बाँके)लाई पनि बिभूषित गरिने छ ।

त्यस्तै प्रदेश सेवा समर्पण पदक‘क’ वाट रुपन्देहीका डा. राजेन्द्रप्रसाद खनाल (लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट) प्रदेश सेवा समर्पण पदक ‘ख’बाटरुपन्देहीकै डा. सुमित प्रजापति (भीम अस्पताल भैरहवा), डा. उत्तम पच्या (गुल्मी), बसुन्धरा ज्ञवाली गौतम (भेरी अस्पताल), ध्रुव धिताल (रुपन्देही खानेपानी आयोजना), विमला रोका श्रेष्ठ (रुकुमपूर्व जिल्ला समन्वय समिति), सुमितकुमार अग्रहरी (आर्थिक मामिलातथा योजना मन्त्रालय), विष्णु आचार्य, प्रेमबहादुर गौतम (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)लाई बिभूषित गरिने भएको छ ।

प्रदेश सेवा समर्पण पदकवाट लक्ष्मण पन्थी (जनस्वास्थ प्रयोगशाला रुपन्देही), आयुस्मा अर्याल (कपिलबस्तु अस्पताल), योगेन्द्रनाथ उपाध्याय (आन्तरिक मामिला तथा कानूनमन्त्रालय), उजिरसिंहदीप पदकबाट अभयकुमार झा (प्रदेश प्रहरी कार्यालय दाङ), डिलबहादुर सिंजाली मगर (जिल्ला प्रहरी कार्यालय बाँके), फुलेराम थारु –इलाका प्रहरी कार्यालय बुटवल), प्रभु सुनार (जिल्लाप्रहरी कार्यालय दाङ) लार्य बिभूषित गरिने छ । नेपाल प्रहरीका प्रभु सुनारलाई तलाउमा डुबेका व्यक्तिहरुको उद्दारमा साहस देखाएको भन्दै बिषूषित गर्न थालिएको हो ।

समाजसेवाश्री पदकबाट विनय पोख्रेल (दाङ), पवित्रा पौडेल (अर्घाखाँची), प्रभा पौडेल (कपिलवस्तु, सरिता खनाल बाँके (नीलसागर सेवाआश्रम र आशा अपाङ्ग केन्द्र गुल्मीलाई बिभूषित गरिदैछ । पत्रकार अर्जुन ज्ञवाली (रुपन्देही), रोमहर्ष धिताल (बाँके), अर्घाखाँचीका डा. चित्रप्रसाद वाग्ले (मरणोपरान्त), खिमलाल पोख्रेल (नवलपरासीपश्चिम)लाई बिभूषित गरने छ ।

पुथाश्री पदक ‘ख’बाट सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बाँके, पुथाश्री पदक ‘ग’बाट बुलबुले थारु पाहुना घर दाङ, रजै विक होमस्टे डल्ला बर्दियालाई बिभूषित गरिदैछ । प्रदेश प्रज्ञा पदक ‘क’बाट नारायण सिंह गुरुङ (दाङ) र प्रदेश प्रज्ञा पदक ‘ग’बाट धवल पुस्तकालय (पाल्पा) लाई बिभूषित गरिने छ ।

प्रजापति गौतमीपदक ‘क’ गायिका चुन्नुमाया गुरुङ (मरणोपरान्त पाल्पा), प्रजापति गौतमी पदक ‘ख’बाट पूर्णमाया महर्जन (पाल्पा), प्रजापति गौतमीपदक ‘ग’वाट रिता सेन ओली (रुपन्देही), त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योग महिला समूहलार्य बिभूषित गरिने छ ।

दङ्गिशरण बलिहाङ्ग पदक ‘क’बाट गजलकार बुद राना (लोक बहादुर राना मगर, रुपन्देही), दङ्गिशरण बलिहाङ्ग पदक ‘ख’ श्यामानन्द सिंह (बाँके), र दङ्गिशरण बलिहाङ्गपदक ‘ग’ गोरन चौधरी (मरणोपरान्त, दाङ्ग)लाई बिभूषित गरिने छ ।

Facebook Comments