• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा हर्षउल्लासका साथ संविधान दिवस मनाइदै




रुकुम पूर्वको सिस्ने गाउँपालीकाले सम्पूर्ण संघ संस्था तथा नागरिकहरुलाई आज असोज ३ गते संविधान दिबश विभिन्न कार्यक्रम गरेर मनाउन आग्रह गरेको छ । गाउँपालीकाले शुक्रवार एक सुचना जारी गर्दै दिवशका अबसरमा शुक्रवार साझ देखि आइतबार साँझ तिनदिनसम्म विभिन्न कार्यालय, संघ संस्थामा र आम सर्वसाधारणलाई घरमा दिपावली गरेर संविधान दिव शहर्ष उल्लासका साथ मनाउन आग्रह गरेको हो ।

कोरोना महामारीको यो समयमा सामाजिक दुरी कायम गरी सुरक्षा सर्तकता अपनाउँदै आआफ्नो स्थानहरुमा दिपावली गरेर संविधान दिबश मनाउन गाउँपालिका अध्यक्ष कुमारी बरालद्धारा हताक्षर गरिएको सुचनामा भनिएको छ ।

आफ्नो घर आगन, चोक, सडक सरसफाई गर्ने र मन्दिर, चर्च लगाएतका धार्मिक स्थलहरुमा नित्य पूजा, प्राथना गरेर राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानको लागी आफ्नो जिवन बलिदान गर्ने ज्ञात अज्ञात सहिदहरुको आत्माको चिरशान्तिका लागि राष्ट्रको तर्फबाट उच्च सम्मान र श्रद्धान्जली प्रकट गर्दै पुजा तथा प्राथना गर्न पनि गाउँपालीकाले सुचनामार्फत भनिएको छ ।

२०७२ असोज ३ गते नेपालमा संविधान जारी भएको दिनको अवसरमा हरेक वर्ष असोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने गरिएको छ ।

Facebook Comments