• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिममा एकै दिन २३ जना कोरोना संक्रमित थपिए




रुकुम पश्चिममा आज अहिलेसम्मकै बढी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै चौरजहारी नगरपालिकाका हुन् । संक्रमित मध्य १४ जना पुरुष र ९ जना महिला रहेका छन् । चौरजहारी प्रयोगशालामा १ सय ३९ जनाको पिसिआर टेस्ट गरिएकामा आज २३ जनामा कोरोना संक्रमण देखिएको हो ।

चौरजहारी नगरपालिकाका विभिन्न वडाहरूमा स्थायी ठेगाना भएका केहि दिन अगाडि भारतबाट आई आईसोलेसनमा बसेका ११ जना पुरूष र ७ जना महिला गरी जम्मा १८ जना, काठमाडौँदेखि आएका १ जना पुरूष र बाँकी २ जना पुरूष तथा २ जना महिला गरी ४ जना र कन्ट्रयाक ट्रेसिङका आधारमा पिसिआर परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

नयाँ संक्रमितहरू वडा नं. २ का १ जना, ३ नं. वडाका २ जना, ४ नं. वडाका २ जना, ६ नं. वडाका ६ जना, ७ नं. वडाका ७ जना, ९ नं. वडाका २ जना, १२ नं. वडाका २ जना र १४ नं. वडाका १ जना रहेका छन् । उनिहरुलाई नगरपालिकामा रहेका आईसोलेसनमा राखिएको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । जसमध्य ६२ जना कोरोना जितेर घर फर्किसकेका छन् । भने ३२ जना संक्रिय संक्रमितहरु जिल्लाका विभिन्न आईसोलेसनमा रहेका छन् । उनिहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।।

Facebook Comments